गैडहवा
रुपन्देही जिल्लाको गैडहवा गाउपालिकाले बिपन्न घरपरिवारलाई पहिलो चरणको राहत सामाग्री बितरण कार्यक्रम सम्पन्न गरेको छ । बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस कोभिड १९ को सम्भाबित जोखिमलाई रोकथाम गर्न देशभर गरिएको लकडाउनका कारण समस्यामा परेका गैडहवा गाउपालिकामा रहेका बिपन्न घरपरिवारलाई राहत बितरण गरेको हो ।
गैडहवा गाउपालिकामा रहेका ९ वडामा गठित बिपद ब्यबस्थापन समिति र बिभिन्न टोल बिकास संस्थाहरुद्धारा संकलन गरिएको तथ्यांक अनुसार ३ हजार ४ सय बिपन्न तथा आर्थिक रुपमा कमजोर भएका घरपरिवारहरु रहेका थिए । त्यस मध्ये वडा नं.१ र ६ मा बाहेक अन्य वडाका करिब २ हजार ९१ जना बिपन्न घरपरिवारहरुलाई पहिलो चरणको राहत स्वरुप ३ सय ३३ क्विन्टल २ किलो मसिनो गोरखनाथ चामल बितरण गरेको छ ।
वडा नं. १ र ६ मा स्थानिय टोल बिकास संस्थाहरुको समन्वय र बुझाईमा कमी भएकोले बिपन्न घरपरिवारको पहिचानको मापदण्डको ख्यालै नगरी जग्गा जमिन र कमाई भएका हुने खाने घरपरिवारलाई समेत बिपन्न घरपरिवारको संख्यामा समाबेस गरेको र सो कार्यको स्थानिय रुपमै लक्षित समुदायबाट बिरोध र बयापक गुनासो आएकोले ती वडाहरुमा बास्तबिक बिपन्न घरपरिवारको पहिचान नगरी राहत बितरण नगर्ने भनि सम्बन्धित वडा पालिकाहरुबाट जानकारी आएको छ।
यसअघि नै गैडहवा गाउपालिकाले आफ्नो गाउपालिकामा रहेका बिपन्न घरपरिवारको लागि राहत बितरण गर्न न्युनतम दररेटमा राहत सामाग्रीहरुको खरिदका लागि सूचना प्रकाशन गरेको थियो । सूचनामा ५ सय क्विन्टल चामल,४ हजार मिश्रित दाल,४ हजार किलो आयो नुन र ३ हजार ५ सय लिटर खाने सोयाबिन तेल खरिद गर्न न्युनतम दर रेट निर्धारण गरि सोही बमोजिम गाउपालिकाले खरिद समेत गरेको छ ।त्यस मध्ये पहिलो चरणमा वडा नं. २,३,४,५,७,८ र ९ का करिब २ हजार ९१ बिपन्न घरपरिवारलाई सो राहत सामाग्री बितरण गरेको छ ।
पहिलो चरणमा ३ सय ३३ क्विन्टल २ किलो (यो समाचार तयार गर्दा सम्म वडा नं. ३ र ९ मा राहत बितरण कार्य जारी रहेको र वडाको तथ्यांक बमोजिम अनुमानित घरधुरी संख्या) २ हजार ९१ बिपन्न घरपरिवारलाई राहत स्वरुप खाध्यान्न उपलब्ध गराइएको गैडहवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीबी घिमिरेले जानकारी दिनु भएको छ। प्रति किलो ४६ रुपैयाका दरले २ हजार ९१ घरपरिवारलाई १५ लाख ३२ हजार ७ सय २० रुपैया बराबरको गोरखनाथ (मसिनो) चामल बतिरण गरिएको र जसमध्ये १ हजार ७ सय घरपरिवार ( ६ जना परिवार सदस्य भएका)लाई १५ किलो चामलका दरले २५ हजार ५ सय किलो चामल र (६ जना भन्दा बढी परिवार संख्या भएका) करिब ३ सय ९१ घरपरिवारलाई २० किलोका दरले ७ हजार ८ सय २० किलो चामल बितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत घिमिरेले जानकारी दिनु भएको छ ।
यसैगरी पहिलो चरणको राहत बितरणमा प्रति किलो १०६ रुपैयाका दरले २ हजार ९१ घरपरिवारलाई २ लाख २१ हजार ६ सय ४६ रुपैया बराबरको १÷१ किलो मिश्रित दाल र प्रति किलो २० रुपैयाको दरले ४१ हजार ८ सय २० रुपैया बराबरको १÷१ किलो आयो नुन समेत बितरण गरिएको छ भने प्रति लिटर १ सय ४६ रुपैया १० पैसाको दरले १ लाख ५२ हजार ७ सय ४७ रुपैया ५छ पैसा बराबरको २ हजार ९१ घरपरविारलाई प्रति घरपरिवार आधा लिटरको खाने सोयाबिन तेल उपलब्ध गराइएको प्रमुख प्रशासकिय अधिकृत घिमिरेले जानकारी दिनु भएको छ ।
उल्लेखित राहत सामाग्री बितरणको पादर्शितालाई पारम्भिक समिक्षा गर्ने हो भने अन्य स्थानिय पालिकाहरुले आफ्नो पालिकामा रहेका बिपन्न घरपरिवारलाई राहत स्वरुपा के कति खाध्यान्न समाग्री बितरण गर्दा के कति अनुमानित खर्च भयो भनि दैनिक सार्बजनिक गर्न नसकिरहेको अवस्थामा गैडहवा गाउपालिकाले पारदर्शिताको सार्कजनिकरणमा एक कदम अगाडी देखिएको छ ।यसरी गैडहवा गाउपालिकाले हरेक राहतको एक एक पैसाको समेत खर्च हिसाव सार्बजनिक गर्न सक्छ भने अन्य स्थानिय पालिकाले राहत बितरण गरेको फोटो मात्र सार्बजनिक गर्छन तर आफ्नो पालिकाले के कति घरपरिवारलाई के कति राहत बितरण ग¥यो र त्यसको अनुमानित खर्च के कति भयो भनेर साबर्जनिक गर्न किन सकिरहेका छैनन ?
प्रकाशित मिति : शनिबार, बैशाख १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्