कपिलवस्तु : कपिलवस्तुको शुद्धोधन गाउँपालिका –४, मोतिघारीमा स्थानीय युवा राजाबाबु भनिने दिपेन्द्र कुमार चौधरीको गोली हानी हत्या भएको छ ।
नजिकै घर भएका अर्का व्यक्तिसँग विवाद हुँदा राती झण्डै १० बजेतिर चौधरीमाथि गोली प्रहार भएको हो । टाउकोमा गोली लागेको उहाँको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
चौधरीको शव अहिले मेडिकल कलेज भैरहवामा राखिएको छ । हत्यामा संलग्नको खोजी भैरहेको प्रहरीले जनाएको छ । उनी प्रदेश सभा सदस्य निर्वाचनमा कपिलबस्तु क्षेत्र नं. १ ‘ख’बाट स्वतन्त्र उम्मेदवार थिए ।
प्रकाशित मिति : शनिबार, मंसिर ८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्