काठमाण्डौ
लकडाउन खुलेको तीन हप्तापछि एसईई र कक्षा १२ को परीक्षा गर्न तथा २५ गतेपछि विद्यालय भर्ना अभियान सुरु गर्न कार्यदलले सरकारलाई सिफारिस गरेको छ ।
शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा गठन गरेको कार्यदलले वैशाख २५ गतेपछि लकडाउन खुले जेठ अन्तिम हप्तादेखि एसईई र १२ कक्षाको परीक्षा सञ्चालन गर्न सकिने सुझाव दिएको हो । एसर्ईर्ई र कक्षा १२ को परीक्षा बिहान र दिउँसोको सिफ्टमा गर्न सकिनेसमेत कार्यदलले जनाएको छ ।
यस्तै कार्यदलले सामाजिक दुरी कायम गरेर विद्यार्थी भर्ना सुरु गर्न सुझाव दिएको छ । प्रतिवेदनमा यही वैशाख २५ गतेभित्र १–९ कक्षासम्मको नतिजा प्रकाशन गर्ने, २५ गतेपछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दुरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउने विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने सुझाव छ ।
कार्यदलले हिजो शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको हो । शिक्षा मन्त्री पोखरेलले प्रतिवेदन बुझेपछि कार्यान्वयनका लागि मन्त्रालयका सचिव र सहसचिवहरुलाई निर्देशन दिनुभएको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्