कञ्चन- रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. २ र ४ को सिमाना र साबिकको वडा नं. २ स्थित मसिनामा अबैध रुपमा लुकाई छिपाइ राखेका हरियो सालका गोलियाहरु कञ्चन ४का कञ्चन टोलका स्थानियहरुले बरामद गरेका छन।
कञ्चनका बिभिन्न सामुदायिक बनहरुबाट काठ तस्करहरुले अबैध रुपमा सालका गोलियाहरु ओसार पसार गरिरहेको खवर पाएपछि स्थानियहरु बिहान करिब ४/५ बजेको समयमा उक्त स्थानमा पुग्दा काठ तस्करहरु भागेको र स्थानियहरुले नै खोजतलास गर्दा कञ्चन गाउपालिका वडा नं. २ र ४ को सिमाना र साबिकको वडा नं. २ स्थित मसिना भन्ने ठाउहरुबाट करिब ६ देखि १० क्युफुटका हरियो सालका गोलियाहरु बरामद गरेका हुन ।
अबैध रुपमा काठ ओसार पसार गरिरहेको स्थानियहरुले थाहा पाउनासाथ स्थानिय इलाका प्रहरी कार्यलय,रुद्रपुरलाई जानकारी दिएको भएपनि समयमै सुरक्षाकर्मी घटना स्थलमा नपुग्दा काठ तस्करहरु भाग्न सफल भएको स्थानियहरुले बताएका छन।स्थानियद्धारा बरामद गरिएका ती सालका गोलियाहरुको सुरक्षा र आवस्यक कार्वाहीका लागि कञ्चन गाउपालिका वार्ड नं. ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रको निरीक्षण र स्थानिय प्रहरी प्रशासनको रोहबरमा स्थानिय रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन ४,गरगरेका प्रतिनीधीलाई बुझाइएको स्थानिय छबिलाल थापाले जानकारी गराएका छन ।
बरामद गरिएका सालका गोलियाहरुको बारेमा र काठ तस्करहरुद्धारा अबैध रुपमा हुदै आएको तस्करको नियन्त्रण र कार्वाहीको बारेमा स्थानिय प्रहरी प्रशासनले के गरेको भन्ने बारेमा इलाका प्रहरी कार्यलय,रुद्रपुरसंग जिज्ञासा राख्दा इप्रका रुद्रपुरका इन्चार्ज इन्द्रलाल चौधरीले तस्करहरुले कतिबेला कुन नाकाबाट के कसरी अबैध कारोबार गर्दै आएका छन र आउछन भन्ने कुराको नियमित अनुगमन भइरहेको बताएका छन ।तस्करहरुलाई नियन्त्रणमा लिनका लागि स्थानियहरुको महत्वपुर्ण भुमिका र सहयोग आवस्यक रहेको इन्चार्ज चौधरीले बताएका छन ।
आज स्थानियहरुद्धारा बरामद गरिएका ६ थान हरियो सालका गोलियाहरुको लगत ५१ दशमलव ३० क्युफिट रहेको रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन ४गरगरेका अध्यक्ष नाम बहादुर के.सी.ले बताउनु भएको छ। लामो समय देखि रुपन्देहीको कञ्चन र कपिलबस्तुका बिभिन्न सामुदायिक बन,साझेदारी बन र राष्ट्रिय बनहरुबाट काठ तस्करहरुले अबैध रुपमा सालका काठहरु ओसार पसार गर्दै आइरहेको र पटक पटक स्थानिय प्रहरी प्रशासनलाई यसबारे निगरानी गर्न र चोरी तस्करी नियन्त्रणका लागि अनुरोध गर्दै आएको भएपनि स्थानिय प्रहरी प्रशासनले कहिलै पक्राउ गर्न सकिरहेको छैन ।
प्रतिक्रिया दिनुहोस्