आकर्षण सहकारीको साधारण सभा

आकर्षण सहकारीको साधारण सभा

बुटवल । रुपन्देहीमा विशेष क्षमता भएका(अपाङ्गता) भएका व्याक्तिहरुको एक मात्र सहकारी आकर्षण बचत तथा ऋण सहकारी संस्था तिलोत्तमा ७ भलवारी रुपन्देहीको आठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष ओम प्रकाश गैरेको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिका ७ का वडा सदस्य देविलाल पंगेनीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पंगेनीले कुनै पनि व्याक्ति कमजोर नहुने भन्दै विशेष क्षमता भएका व्याक्तिहरुको समाजमा महत्वपूर्ण योगदान दिन सक्ने बताएका थिए । उनले सबैको साथ र सहयोगले उनीहरु मुल धारमा आउन सक्ने भन्दै यसको लागि स्थानिय सरकारबाट महत्पूर्ण सहयोग जारी रहने बताएका थिए ।

कार्यक्रममा भलवारी जेसिजका का अध्यक्ष गोविन्द पंगेनीको विशिष्ठ आतिथ्यता रहेको थियो भने संस्थापक अध्यक्ष तथा एसियन लाईफ ईस्यारेन्स कम्पनी क्षेत्रीय प्रबन्धक कृष्ण कुमार पुरी , सञ्जीवन शिक्षा सदन विद्यालयका प्रधानाध्यापक सुदिर गुरुङ्ग, देवराज ज्ञवाली, सुज थापा, डा. ओम शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

निशा भण्डारीको सञ्चालन रहेको साधारण सभा डा. ओम शर्मा, सुरज थापा, कृष्ण प्रसाद खनाल, निशा भण्डारी, समुन बलामी, सिमा थापा पुरी लगायतलाई सम्मान समेत गरिएको थियो । सहकारीमा १ सयस ९२ जना महिला र ३ सय ४३ जना पुरुष गरी कुल ६सय ३ जना शेयर सदस्यहरु रहेका छन् । यसमा अधिकांस अपाङ्गता भएका व्याक्तिहरु रहेका छन् ।

प्रकाशित मिति : शनिबार, मंसिर ८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij