छिमेकी जिल्लामा कोरोना संक्रमित बढेपछि अर्घाखाँची अनिश्चितकालका लागि सिल

छिमेकी जिल्लामा कोरोना संक्रमित बढेपछि अर्घाखाँची अनिश्चितकालका लागि सिल

बुटवल– छिमेकी जिल्ला कपिलवस्तु र रुपन्देहीमा संक्रमण बढ्दै गएपछि अर्घाखाँची जिल्लामा लकडाउनमा थप कडाइ गरिएको छ।

कपिलवस्तु र रुपन्देहीबाट अर्घाखाँची प्रवेश गर्ने नाकाहरुमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेले जानकारी दिए।

कपिलवस्तुबाट अर्घाखाँची आउने पैदल यात्रु र अत्यावश्यक बाहेक अन्य गाडीलाई भित्रिनबाट रोक्न जिल्ला भित्रिने सन्धिखर्क–गोरुसिंगे सडकखण्ड अन्तर्गत सीमा क्षेत्र पत्थरकोट र सीमा जोडिएका अन्य ठाउँमा प्रहरी परिचालन गरेको छ।

कपिलवस्तुमा संक्रमणको संख्या बढ्दै गएपछि अर्घाखाँची उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन आउजाउ पूर्णरुपमा रोक्ने, लकडाउन प्रभावकारी बनाउने र सीमा क्षेत्रमा कडाई गर्ने निर्णय गरेको उनले बताए।

उनले मुख्य बाटो बाहेकका जंगलका सानातिना सडकबाट प्रवेश गर्ने सम्भावना भएकाले नाकामा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए।

अर्घाखाँचीमा रुपन्देहीको सालझण्डी र कपिलवस्तुको गोरुसिंगेबाट प्रवेशका मुख्य नाका रहेपनि अरु सडक भएर पनि गाउँ जानेहरु बढेका छन्।

अर्घाखाँचीको सीमावर्ती जिल्ला कपिलवस्तु र रुपन्देहीमा मंगलबार मात्रै १७ जनामा कोरोना संक्रमण देखिएको छ।

प्रकाशित मिति : मंगलबार, बैशाख ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij