काठमाडौं- विश्वमा कोरोना संक्रमणका कारण ३ लाख ७० हजार बढीको मृत्यू भएको छ ।
यो समाचार तयार पार्दा सम्म संक्रमितको संख्या ६१ लाख ५३ हजार ३ सय ७२ पुगेको छ ।
वल्डोमिटर्सको तथ्यांक अनुसार आइतबार विहान सम्ममा ३ लाख ७० हजार ८ सय ७० जनाले ज्यान गुमाएका छन् ।
हाल सम्म २७ लाख ३४ हजार ५ सय ४९ जना निको भएर घर फर्किएका छन् ।
मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक छ ।
नेपालमा पनि १ हजार ४ सय ६० जनामा संक्रमण पुष्टि भएको छ ।
तीमध्ये २ सय १९ जना संक्रमणमुक्त भइसकेका छन् भने ७ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : आइतबार, जेष्ठ १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्