JanataToday.com

Advertisment

SKIP THIS

प्रदेश १: ७ जिल्लाका २७ संक्रमित निको भए

प्रदेश १: ७ जिल्लाका २७ संक्रमित निको भए

विराटनगर-विराटनगरस्थित कोशी अस्पताल कोभिड नाइन्टिन उपचार केन्द्रमा उपचार गराइरहेका मध्ये २७ जनालाई डिस्चार्ज गरिएको छ ।

उनीहरुको पछिल्लो स्वाव परीक्षण गर्दा नेगेटिभ आएपछि बिहीवार ७ जिल्लाका २७ जना कोरोना मुक्त भई डिस्चार्ज भएर फर्किएका छन् । डिस्चार्ज हुनेमा उदयपुरका ३ जना झापाका ७ जना, मोरङका ६ जना, सुनसरीका ४ जना सप्तरीका २ जना, धनकुटाका ४ जना र खोटाङका १ जना रहेका छन् ।

जम्मा २३ जना पुरुष र ४ जना महिलाहरु डिस्चार्ज भएका छन् । उनीहरुमा कोरोना सम्बन्धी कुनै लक्षण देखिएको छैन । उनीहरुको स्वाव टेष्टबाट नेगेटिभ रिपोट आएपछि डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज भएकाहरुलाई आफ्नै गृह जिल्ला पठाइएको छ । उनीहरु १५ दिन सम्म डाक्टरको निगरानीमा राखिने र उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा स्थानीय स्वास्थ्यकर्मीहरुबाट जानकारी लिइरहने कोभिड अस्पताल व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिनु भयो ।

उहाँले विरामीहरुमा कुनै लक्षण नदेखिएकाले डराइहाल्नु पर्ने अवस्था नरहेको बताउनु भयो । प्रदेश १ मा १ सय ९७ जना जना संक्रमितहरु रहेका छन् भने ७८ जना डिस्चार्ज भइसकेका छन् ।

संक्रमितको संख्या बढेसंगै प्रदेश १ सरकारले प्रदेशका विभिन्न स्थानमा अस्पतालहरु निर्माण भइरहेको जानकारी दिएको छ । डिस्चार्ज भएर जानेहरुलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र स्वास्थ्यकर्मीहरुले फूलको गुच्छा दिएर विदाई गर्नु भएको थियो ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij