पत्रकार र सञ्‍चार क्षेत्रका लागि राहत प्याकेज घोषणा गर्न प्रेस युनियनको माग

पत्रकार र सञ्‍चार क्षेत्रका लागि राहत प्याकेज घोषणा गर्न प्रेस युनियनको माग

काठमाडौं ।
नेपाल प्रेस युनियनले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रका लागि अविलम्ब विशेष राहत प्याकेजको घोषणा गर्न सरकारसँग माग गरेको छ । प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललेले आइतबार प्रेस विज्ञप्ति जारी गरेर सरकारलाई कोरोनाको महामारीबाट चेपेटामा परेका श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रका लागि अविलम्ब विशेष राहत प्याकेजको घोषणा गर्न माग गरेको हुन् सञ्चारकर्मी आफनो पेसाबाट पलायन हुने र सञ्चार क्षेत्रप्रति नै वितृष्णा जगाउने अवस्था आउन नदिन समयमै सबै पक्षले सचेत हुनुपर्नेमा समेत युनियनको जोड छ । नेपाली प्रेसले हरेक अन्याय, अत्याचार, असहज अवस्था, निरंकुश पद्धतिविरुद्ध र लोकतन्त्रको पक्षमा अग्रमोर्चामा लडेको इतिहास भए पनि झन्डै दुईतिहाइको सरकार अहिलेको जटिल अवस्थाप्रति बेखबर र बेपर्वाह हुनु लज्जाजनक भएको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष सिग्देलले नेपाली सञ्चार क्षेत्रको संवेनशीलताप्रति अन्तर्राष्ट्रिय पत्रकार महासंघ आईएफजे को पनि ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : आइतबार, जेष्ठ २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij