जनकपुरधाम । कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि घर गएको एक दिन नबित्दै महोत्तरीमा एक व्यक्तिको मृत्यु भएको छ । शनिबार क्वारेन्टाइनबाट गौशाला नगरपालिका १० बटौलास्थित घर गएका उनको आइतबार राति मृत्यु भएको हो ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालले क्वारेन्टाइनबाट घर गएका ४० वर्षका पुरूषको मृत्यु भएको जानकारी दिए । उनका अनुसार ती व्यक्तिले अत्यधिक रक्सी सेवन गर्दथे ।
ती व्यक्ति गत जेठ ६ गते भारतको हरियाणाबाट आएका थिए । उनलाई गौशाला नगरपालिकाको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टाइनमा रहेका ती पुरूषसहित २६ जनाको स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीसहित २० जनालाई घर पठाइएको थियो । प्रमुख जिल्ला अधिकारी कटुवालले उनको मृत्युु रक्सी सेवनले नै भएको जिकीर गरे ।
गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले मृतकको फेरि स्वाब संकलन गरी मृतकको दाहसंस्कार गरिसकेको जानकारी दिए ।
प्रकाशित मिति : सोमबार, जेष्ठ २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्