पर्वत-पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिबार रातिको गएको पहिरोमा पुरिएका ३ जनाको शब भेटिएको छ ।
६ जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीका अनुसार राती २ बजे सम्म खोजी गरिएको र अहिले बिहानै देखि स्थानिय तथा सुरक्षाकर्मीले खोजी जारी राखेका छन ।
राती २ बजे पनि पानी परिरहेको र अध्याँरोका कारण खोजी गर्न कठिन भएको थियो ।
बिहानै देखि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले घटनास्थलमा उद्दार र खोजीको काम थालेको उहाँको भनाई छ ।
शनिबार साँझ ६ बजे देखि झण्डै दुई घण्टा भएको भीषण वर्षाका कारण दुर्लुङको काउले ढकालबारी भन्ने ठाउँमा पहिरोले २ घर पुरेको थियो ।
पहिरोमा परी स्थानीय तुलबहादुर थापा, उहाँकी श्रीमती नीलकुमारी थापा र नातिनी ९छोरातर्फ० अन्दाजी १० वर्षीया विविशा थापाको मृत्यु भएको हो ।
पहिरोमा परी तुलबहादुरका छोरा र छोरीतर्फका २ नाति बेपत्ता रहेका छन् ।
कमला बिकको परिवारको कमला सहित ३ जना पनि बेपत्ता छन ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ३२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्