बुटवल ।
पश्चिम रुकुमको चौरजहारीमा भएको नवराज विकसहित ६ जना युवाहरुको क्रूर एवं पाशविक हत्याकोे निष्पक्ष छानविनका लागि सरकारले गठन गरेको संसदीय छानविन समितिसँग मानवअधिकार तथा पत्रकारहरुको टोलीले बुटवलमा भेटघाट गरेको छ ।
काठमाण्डौंबाट हिडेको सांसद देवेन्द्र पौडेल संयोजक रहनु भएको ९ सदस्यीय छानविन टोलीले घटना भएको क्षेत्र रुकुम–जाजरकोटमा असार १ गतेदेखि अध्ययन अनुगमन गर्दै छ । त्यस अवसरमा मानव अधिकार तथा पत्रकारहरुको टोलीले उहाँहरुलाई बुटवलमा भेट गरी जिज्ञाशा राखेको थियो ।
उक्त छानविन टोलीमा सांसदहरु मिन विश्वकर्मा,महेश्वर गहतराज,दुर्गा पौडेल,एकबाल मिया,पार्वती विसुन्खे,विमला विक,प्रकाश रसाइली र रामसहायक प्रसाद यादवलगायतको टोली रहेको छ ।
दैनिक पत्रको प्रधान कार्यालय बुटवलमा भएको भेटघाट कार्यक्रममा वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंले पश्चिम रुकुम–जाजरकोटमा भएको ६ जना युवाहरुको हत्या जातीय विभेदका कारण भएको र एकतर्फीरुपमा कुटपिट गरी हत्या गरेर भेरी नदीमा फालिएको चर्चा गर्दै पीडितलाई सरकारको तर्फबाट निष्पक्ष छानविन गरी न्याय दिनुपर्ने बताउनु भयो ।
त्यस्तै संसदीय छानविन समितिका संयोजक देवेन्द्र पौडेलले घटनास्थलमा पुगी पीडित र सरोकारवाला पक्षसँग यथार्थ अवस्था बुझेर मात्र प्रतिक्रिया दिने बताउनु भयो ।
उक्त भेटघाट कार्यक्रममा संविधान सभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल, पत्रकार विनोद परियारलगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ३२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्