सरकारले २ दिन भित्रमा रकम दिने मुटु अस्पतालको डायलाईसिस सेवा बन्द नहुने

सरकारले २ दिन भित्रमा रकम दिने मुटु अस्पतालको डायलाईसिस सेवा बन्द नहुने

बुटवल
गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले असार १ गतेदेखि बन्द गर्ने भनेको मृगौलाको डायलाईसिस सेवा बन्द नहुने भएको छ ।
सरकारबाट प्राप्त हुनुपर्ने रकम भुक्तानी नभएको भन्दै अस्पतालले यसअघि असार १ गतेदेखि मृगौलाका विरामीहरुलाई उपलब्ध गराउंदै आएको डायलाइसिस सेवा बन्द गर्ने जनाएको थियो ।
अस्पतालले विपन्न वर्गका नागरिकलाई मृगौलाको डायलाईसिस तथा मुटुको उपचारमा सहुलियत दिएवापत सरकारबाट ११ महिनादेखिको रकम प्राप्त गर्न सकेको छैन ।
अस्पतालले सरकाराबाट भुक्तानी हुनुपर्ने रकम प्राप्त नभए विपन्न वर्गलाई सरकारले उपलब्ध गराएको सेवा बन्द गर्ने समाचार सार्वजनिक भएपछि स्वास्थ्य सेवा विभागले दुईदिन भित्र रकम उपलब्ध गराउने आश्वासन दिएको छ ।
अस्पतालका अध्यक्ष एजाज आलमले स्वास्थ्य सेवा विभागले दुईदिन भित्र भुक्तानी गर्नुपर्ने रकम उपलब्ध गराउने भन्दै सेवा नरोक्न आग्रह गरेकोले सेवा नरोकि यथावत राखिने जानकारी दिनुभयो ।
विपन्न वर्गका विरामीलाई डायलाइसिस सेवा उपलब्ध गराए वापत अस्पतालले नेपाल सरकारबाट पौने आठ करोड रकम भुक्तानी पाउन बांकि रहेको छ ।
विपन्न वर्गका नागरिकको लागि नेपाल सरकारले उपचारमा दिने सहुलियतका लागि अस्पताल सूचिकृत भई २०७३ साल पुस १७ गतेदेखि निशुल्क डायलाईसिस सेवा संचालन गर्दै आएको थियो ।
हाल प्रदेश ५ मा साढे ६ सयको हाराहारीमा मृगौलाका विरामी रहेको भएपनि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मात्र साढे ३ सय जना विरामीले निशुल्क डायलाइसिस सेवा लिंदै आएका छन् ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ३२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij