खस्यौलि लायन्समा “पौडेल”

खस्यौलि लायन्समा “पौडेल”

 

बुटवल-“हामी सेवा गर्छौ” भन्ने अन्तरास्ट्रिय मान्यतालाई अपनाउदै स्थापना भएको लायन्स क्लब अफ बुटवल खस्यौलिको लायन बर्ष २०२०-२०२१ को अध्यक्ष राजु पौडेल भएका छन। बुट्वलमा भएको पद हस्तान्तरण कार्यक्रममा १९/२० का अध्यक्ष बिकास अग्रवालले पौडेललाई पद हस्तान्तरण गरेका थिए। । बिष्णु उपाध्यय प्रथम उपाध्यक्ष, शितल ज्ञवालि द्वितीय उपाध्यक्ष, मुना राना तृतीय उपाध्यक्ष चयन भएका छन।
क्लबको सचिप पदमा सुदिप बेलबासे, कोसादक्ष पदमा रमेश अर्याल, मेम्बरसिप चेयर पर्सनमा सरोज कन्डेल,क्लब मर्केटिङ सर्भिसिङ्मा मनोज पन्त मनोनयन भएका छन।

कार्यक्रमका प्रमुख अतिथि पुर्व गभर्नर लाएन महेन्द्र नारायण श्रेस्ठ यम जे यफ ले, खस्यौलि लायन्सले बुटवलमा लियोको क्षेत्रमा गर्दै आएको योगदालाइ उच्च सम्मान गर्दै अबका दिनमा थप उत्कट कार्य गर्न सफल हुनेछ भन्दै सुभकामना व्यक्त गर्नुभयो।

बाल मस्तिष्क पक्षघात भएका बालबालिकाहरुको क्षेत्रमा क्लब अबको बर्षमा लाग्ने अध्यक्ष पौडेलले बताउनु भयो। आफ्ना चार वटा लियो सङै रहेर बर्षको चार कार्य लियो सङै गर्ने समेत प्रतिबद्धता ब्यक्त गर्नु भयो।
कार्यक्रमको प्रमुख अतिथी, पुर्व गभर्नर लायन महेन्द्र नारायण श्रेष्ठ, विशिष्ट अतिथी, लायन अर्जुनमान सैजु, जोन चेयर पर्सन बिनित भट्टराई लगाएको उपस्तिथि थियो।
कार्यक्रमको संचालक लायन मनोज पन्त र सुदिप बेलबासेले गरेका थिए।

प्रकाशित मिति : शनिबार, असार २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij