भैरहवा –सिद्धार्थ जेसीज को ४५ औ पदस्थापन भैरहवामा सम्पन्न भएको छ । निर्वाचन भएको ६ महिना पछि नेपाल जेसीजको दोस्रो बोर्ड बैठकले अहिले निर्वाचित अध्यक्ष मंगल भण्डारी अयोग्य रहेको र अध्यक्ष पदका अर्का अध्यक्ष भुवन राणालाई अध्यक्षमा बैधानिकता दिए पछी पदस्थापन सम्पन्न भएको छ ।
महासचिव हुमाकान्त भुषाल, कोषाध्यक्ष जीवन पौडेल,सचिव विष्णु निषाद,तालिम निर्देशक पंकज यादव, प्रकरण निर्देशक संचित भटटरार्ई,शाखा सम्पादक केशव भण्डारी,सदस्य बृद्धि संयोजक सागर झा, कोषबृद्धी संयोजक गणेश शर्मा , कानुनी सल्लाहकार सिनेटर कमल भण्डारी लाइ मनोनित गरेको अध्यक्ष भुवन राणा ले बताउनु भयो । सासद प्रमोद कुमार यादव को प्रमुख आतिथ्यता मा सम्पन्न पदस्थापन कार्यक्रम मा सिद्धार्थ जेसीजका पुर्व अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, पुर्व अध्यक्ष पवन पौडेल, पुर्व अध्यक्ष तथा नेपाल जेसीजका संचालक समिति को राष्ट्रिय सल्लाहकार कमल भण्डारी लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
संस्थाको ४४ औं बार्षिक साधारण सभा तथा अधिवेशनमा भुवन राणा र मंगल भण्डारीले उम्मेदवारी दिएकोमा मंगल भण्डारी विजयी भएका थिए । चुनावी प्रक्रियामा नै अध्यक्ष पदका उम्मेदवार भुवन राणाले अर्का उम्मेदवार भण्डारीको उम्मेद्वारी दिने उमेर बढी भएको बताउँदै निर्वाचन समितिमा दावी बिरोध गरेका थिए । बिरोध परेपछि निर्वाचन समितिले भण्डारीको उमेर ४१ बर्ष नपुगेको बताउँदै निर्वाचन प्रक्रियालाई अगाडी बढाएको थियो । सोही अनुसार २०७६ माघ ४ गते सिद्धार्थ जेसीज को निर्वाचन प्रक्रिया टुंगिएको थियो ।
निर्वाचन भएको ६ महिना पछी केन्द्रले निर्वाचित अध्यक्षलाई अयोग्य ठहराएको छ । विधानमा जेसीजको सदस्यता ४० बर्षसम्म मात्र कायम रहने उल्लेख गरिएको छ । जिल्लामा भएको धाँधली बारे केन्द्रमा जानकारी गराएर विधिसम्मत रुपमा जाँदा र बन्दाबन्दीको कारण केन्द्रको निर्णय आउन ढिलाई भएको अध्यक्ष राणा ले बताउनु भयो ।
सन १९७५ मा भैरहवामा शाखा स्थापना भए यता संस्था बिभिन्न सामाजिक कार्यमा सक्रिय रहिआएको छ ।
प्रकाशित मिति : आइतबार, साउन ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्