काठमाडौं –विश्वमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ ।
पछिल्लो समय सतर्कता र सावधानी नअपनाउँदा मानिसमा भाइरस संक्रमण बढ्दै गएको विभिन्न अध्ययनले देखाएका छन् ।
आफूलाई विश्वको शक्तिसाली मुलुक भनेर चिनाउने अमेरिका सबै भन्दा बढी भारइस संक्रमणबाट प्रभावित बनेको छ ।
हालसम्म अमेरिकामा ४४ लाख ९५ हजार ८७ जना संक्रमित भइसकेका छन् ।
एकै दिन अमेरिकामा ६१ हजार छ सय ७७ नयाँ संक्रमित थपिए ।
हालसम्म ज्यान गुमाउनेको संख्या एक लाख ५२ हजार दुई सय ४९ पुगेको छ ।
२१ लाख ७४ हजार चार सय ७२ जना उपचारपछि निको भएर फर्किएका छन् ।
२१ लाख ६८ हजार तीन सय ६६ जना उपचाररत रहेकोमा १९ हजार ९७ जनाको अवस्था गम्भीर छ ।
बढी प्रभावित हुने मुलुक मध्ये दोस्रो नम्बरमा रहेको ब्राजिलमा हालसम्म २४ लाख ८४ हजार छ सय ४९ जना संक्रमित पुगेका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै ४१ हजार एक सय ६९ जना नयाँ बिरामी थपिएका छन् ।
८८ हजार छ सय ३४ जनाले ज्यान गुमाइसकेका छन् ।
१७ लाख २१ हजार पाँच सय ६० जना उपचारपछि निको भएका छन् ।
छ लाख ७४ हजार चार सय ५५ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।
छिमेकी मुलुक भारत संक्रमणबाट प्रभावित हुने मध्ये तेस्रो नम्बरमा पर्छ ।
त्यहाँ हालसम्म १५ लाख ३२ हजार एक सय ३५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
एकै दिन ४९ जनार छ सय ३२ नयाँ संक्रमित थपिएका छन् ।
कोरोनाकै कारण ३४ हजार दुई सय २४ जनाको मृत्यु भइसकेको छ ।
नौ लाख ८८ हजार सात सय ७० जना उपचारपछि घर फर्किएका छन् ।
पाँच लाख नौ हजार एक सय ४१ जना उपचाररत छन् ।
विश्वमा हालसम्म एक करोड ६८ लाख ७४ हजार चार सय ६३ जना संक्रमित फेला परिसकेका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै दुई लाख ३८ हजार चार सय ५५ नयाँ बिरामी थपिएको वाल्डोमिटरले जनाएको छ ।
विश्वमा कोरानका कारण छ लाख ६२ हजार एक सय ८९ जनाको मृत्यु भइसकेको छ ।
एक करोड चार लाख ३३ हजार छ सय ७९ जनाको उपचार सफल भएको छ ।
५७ लाख ७८ हजार पाँच सय ९५ जना उपचाररत रहेकोमा ६६ हजार छ सय २६ को अवस्था गम्भीर छ ।
यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको महामारी विश्वले सामना गरेको अहिलेसम्मकै सबै भन्दा गम्भीर स्वाथ्य आपतकाल रहेको जनाएको छ ।
डब्लुएचओका महानिर्देशक डा . टेडरोज आध्यनोम गेब्रेयेसोसले कोभिड–१९ को समस्या अहिलेसम्मकै गम्भीर विपद रहेको बताए ।
विश्वले भाइरससँग लड्नका लागि राम्रो प्रयास गरेको भए पनि अझै पनि कोरोना भाइरसलाई जित्नका लागि लामो बाटो तय गर्न बाँकी नै रहेको उनको भनाइ छ ।
प्रकाशित मिति : बुधबार, साउन १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्