एजेन्सी- अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको बाइटडान्स कम्पनीको टिकटक माइक्रोसफ्टलाई बेच्नका लागि ४५ दिनको समय दिएका छन् ।
ट्रम्पले केहीदिन अगाडि चिनियाँ एप टिकटकमाथि चिनियाँ नियन्त्रण रहेको आरोप लगाउँदै अमेरिकामा प्रतिबन्ध लगाउने बताएका थिए ।
तर, अमेरिकामा टिकटकले माइक्रोसफ्टको मातहतमा आएर सेवा दिने भनेपछि टिकटकलाई अमेरिकामा प्रतिबन्ध नलगाउने ट्रम्पले बताएका छन् ।
ट्रम्पले ४५ दिनभित्र अर्थात १५ सेप्टेम्बरसम्म सम्झौता गरिसक्न भनेर समयसीमा पनि तोकेका छन् ।
रोयटर्सका अनुसार हाल टिकटक र माइक्रोसफ्टबीच यही विषयमा छलफल भइरहेको छ ।
प्रयोगकर्ताको डेटा सेक्युरिटीको विषयमा विवाद झेल्दै आएको टिकटक अमेरिकी स्वामित्वमा जानसमेत राजी भएको छ ।
बाइटडान्सको बाहरी कमाई लगभग ७० प्रतिशत संयुक्त राज्यबाट आउने गर्छ ।
प्रकाशित मिति : सोमबार, साउन १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्