भारतको गुजरात राज्यमा कोभिड अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ ।
अहमदाबादको नवरङ्गपुर क्षेत्रमा रहेको कोरोना भाइरस सङ्क्रमित राखिएको श्रेय अस्पतालमा बिहान करिब तीन बजेतिर आगलागी भएको अहमदाबादका एक वरिष्ठ अग्निशमन अधिकारीले बताएका हुन् ।
बिजुलीको शर्ट सर्किटका कारण आगो लागेको बताइएको छ । एक घण्टाभित्रै आगो नियन्त्रणमा लिइएको भए पनि भागदौडका कारण ८ जनाको मृत्यु भएको र ती मृतकमध्ये तीन जना महिला रहेको बताइएको छ । उक्त अस्पतालबाट उद्धार गरेर कोभिड पुष्टि भएका ४० बिरामीलाई अर्को अस्पतालमा सारिएको छ ।
आगो नियन्त्रण र उद्धारमा संलग्न सबै कर्मचारीहरूलाई क्वारन्टीनमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राज्य सरकारले घटनाबारे तीन दिनभित्र अनुसन्धान गरिसक्न निर्देशन दिएको छ ।
प्रकाशित मिति : बिहिबार, साउन २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्