१० उच्च अधिकारीमाथि अमेरिकी प्रतिबन्ध

१० उच्च अधिकारीमाथि अमेरिकी प्रतिबन्ध

अमेरिकाले हङकङ र चीनका १० उच्च अधिकारीसहित हङकङकी प्रमुख कार्यकारी क्यारी लामलाई प्रतिबन्ध लगाएको छ ।

जसमा हङकङका प्रहरी कमिशनर तथा राजनीतिक अधिकारीहरु छन् ।
चीनले हङकङमा नयाँ सुरक्षा कानून लागु गरेसँगै कडा नीति लिएको अमेरिकाले प्रतिबन्धनको कदम चालेको हो । अमेरिका अहिले पनि हङकङका नागरिकको पक्षमा रहेको उल्लेख गर्दैअमेरिकी राज्यकोष मन्त्री स्टिभन मेनुचनले प्रतिबन्धको घोषणा गरेका छन् ।

यसलाई पछिल्लो समय बढेको अमेरिका र चीनबिचको तनावको परिणामका रुपमा लिइएको छ । लाममाथि प्रतिबन्ध लगाउनु केही अघि मात्रै राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले वीच्याट र टिकटक एप्लिकेशनका चिनियाँ मालिकसँग अमेरिकी कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

अमेरिकाको राज्यकोष मन्त्रालयले स्वतन्त्रता खुम्च्याउने र प्रजातान्त्रिक अभ्यास साँघुरो बनाउने चीनको नीति लागु गरेको आरोप लगाएकी लाम आलोचनाको केन्द्रमा रहँदै आएकी छन् । वर्ष सुपुर्दगी सम्बन्धी विधेयकलाई लिएर लामो समय विरोध प्रदर्शन भएपछि उनी सो विधयेक फिर्ता लिन बाध्य भएकी थिइन् ।

प्रकाशित मिति : शनिबार, साउन २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij