महामारी नियन्त्रण गर्न अझै पनि ढिलो भएको छैन : डब्लुएचओ

महामारी नियन्त्रण गर्न अझै पनि ढिलो भएको छैन : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारीबाट जित हासिल गर्ने आशा अझै पनि बाँकी भएको बताएको छ ।

विश्वभर कोरोना संक्रमितको मृत्युको तथ्यांक सात लाख र कोरोना संक्रमितको संख्या दुई करोड पुगिसक्दा पनि कोरोना महामारीलाई हराएर जित हासिल गर्न सक्ने बताएको हो । डब्ल्यूएचओले पूरा संसारलाई प्रभावित गरिरहेको महामारीसँग जुध्नका लागि उठाइएका कदमहरूमा कहिले पनि ढिलाइ नभएको स्पष्टिकरण दिएको छ ।

डब्ल्यूएचओका प्रमुख टेड्रनेस एडहनम गेब्रियाससले महामारीका कारण गुमेको प्रत्येकको जीवन मूल्यवान रहेको बताएका छन् । महामारीका कारण धेरैजना यतिबेला पीडामा रहेको र संसारका लागि अहिले धेरै गाह्रो समय भएको भए पनि यो महामारीलाई नियन्त्रण गर्न अझैसम्म ढिलाइ नभएको गेब्रियाससले स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : मंगलबार, साउन २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij