वाइपास सडककाे प्रयाेगले तानसेन सुनसान हुने स्थानीय ब्यवसायीकाे चिन्ता

वाइपास सडककाे प्रयाेगले तानसेन सुनसान हुने स्थानीय ब्यवसायीकाे चिन्ता

पाल्पा : होलाङ्गदी –ढुंगाखानी वाइपास मोटरबाटोबाट मात्रै सवारी साधन आवतजावत गर्दा तानसेन सुनसान हुने र स्थानीय व्यवसायीहरु मर्कामा पर्ने भएकाले त्यसको समाधानका लागि स्थानीय सरोकारवालाहरुले चासो देखाएका छन् ।

शुक्रबार पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको सर्वदलीय, सर्वपक्षीय तथा सरोकारवालाहरु बिचको छलफल कार्यक्रमका सहभागिहरुले वाईपासबाट जवरजस्ती सवारी साधन पठाउने कार्यले समस्या भएको भन्दै आफुहरु वाईपास जाने की बजार छिरेर जाने, भन्ने विषय स्वच्छिक हुनुपर्ने कुरामा जोड दिए ।

छलफलमा नेकपाका नेता धनेन्द्रराज घिमिरेले हरेक समस्याको समधान छलफल, अन्र्त्क्रिया र बहसबाट मात्र गर्न सकिने भन्दै सबै सकारात्मक भएर लाग्नुपर्ने धारणा व्यक्त गरे ।

नेपाली काँग्रेसका जिल्ला सचिव झपेन्द्र गहिरेले तानसेनको व्यवसाय र पर्यटन विकासका सम्भावनलाई विचार गरेर कसैलाई पनि समस्या नहुने गरी निर्णय कार्यान्वयन गर्न आग्रह गरे ।

छलफलमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, पत्रकार महासंका सचिव किरण कौशल, क्याम्पस प्रमुख जीवन थापा, संघका पूर्वअध्यक्षहरु चकोरमान शाक्य, मधुदयाल शैजु, राजुमहर्जन, हरी रायमाझी, पाल्पा व्यापार संघका उपाध्यक्ष बामदेव बस्याल, श्रीनगर जीप व्यवसायी समितिका कार्यालय प्रमुख भविन्द्र गौतम, पश्चिम नेपाल बस व्यवसायी समितिका प्रतिनिधी डोलराज भट्टराई लगायतका दर्जनौं स्थानीय व्यवसायीहरुले यो निर्णय कार्यान्वयन गर्दा सबैलाई सहज हुने हिसावले गर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्तिक २९ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा जिल्लाका सांसद, नगरप्रमुख, व्यवसायी तथा स्थानीय व्यक्तिहरुको सहभागितामा बसेको बैठकले, तानसेन पस्न आवश्यक नभएका सवारी साधनहरुलाई वाईपास पठाउँने निर्णय गरेको थियो ।

वैठक कै निर्णय अनुसार जिल्ला ट्राफिक कार्यालयले सोही अनुरुप कार्यसम्पादन गर्दै आएको थियो ।

वाईपासबाटै सबै सवारी साधनहरु चलेका कारण विरामी, स्थानीयवासी तथा तानसेन ओर्लने र चढ्ने यात्रुहरुलाई समस्या भएको भन्दै तानसेनका व्यवसायीहरुले त्यसो नगर्न माग गर्दै प्रजिअ र नगरप्रमुखलाई विज्ञप्ती बुझाएर निर्णय सच्याउन माग गर्दै आएका छन् ।

छलफल कार्यक्रममा कतिपय वक्ताहरुले निर्णय गर्दा संघ आफै सहमती गरेर निर्णय गर्ने, अनिपछि आएर विरोध गर्ने शैली राम्रो नभएको भन्ने धारणा समेत व्यक्त गरे ।

उनीहरुले संघले वैठकमा सहभागिता जनाउँने, हस्ताक्षर गर्ने अनि विरोध पनि गर्ने काम राम्रो नभएको पनि धारणा राखे । वक्ताहरुले, निर्णयमा सहभागि भएर हस्ताक्षर गरेको हो भने, पहिला निर्णय संशोधनको माग गर्नुपर्ने राय पनि दिए ।

स्वतन्त्र रुपमा राय र धारणा व्यक्त गर्न बोलाएर, आफ्नो अनुकुलको अभिव्यक्ती नदिएको भन्दै कतिपय वक्तासंग कार्यक्रम सकिएपछि आयोजकहरु कराए ।

विवादास्पद भनाई र उत्पन्न समस्या समाधानका विषयमा प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालसँग सम्पर्क गर्दा वाईपासबाट सवारी साधन चलाउने बारे आयोजना भएको बैंठकमा संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ नै सहभागि भएको र बैठकको अन्तिम सम्म पनि अध्यक्ष श्रेष्ठ बस्नु भएको कुरा प्रजिअ खनालले जानकारी दिए ।

संघका अध्यक्ष श्रेष्ठ भने त्यस दिनको बैठकमा आफु गएको, उपस्थितिमा मात्रै हस्ताक्षर गरेको तर निर्णयका विषयमा सहमति नजनाएको पनि स्पष्ट पारे ।

प्रकाशित मिति : शनिबार, मंसिर १५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij