गुल्मीमा जेष्ठ नागरिक र दीर्घरोगीलाई हिँड्डुलमा रोक

गुल्मीमा जेष्ठ नागरिक र दीर्घरोगीलाई हिँड्डुलमा रोक

गुल्मी-गुल्मीमा जेष्ठ नागरिक र दीर्घरोगीलाई हिँड्डुलमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा बसेको बैठकले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढेको र जेष्ठ नागरिक र दीर्घरोगीलाई जोखिम हुने भएकोले हिँड्डुलमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । जिल्लामा रहेका सबै पालिकाहरुले जेष्ठ नागरिक र दीर्घरोगी पहिचाहन गरेर उनीहरुलाई अत्यावश्यक काम बाहेक हिँड्डुलमा रोक लगाउने निर्णय भएको छ ।

सम्बन्धित पालिकाहरुले दीर्घ बिरामीले खाने औषधि व्यवस्थापन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

त्यस्तै पालिकाभित्र कोभिड-१९ को संक्रमण बढ्दै गइरहेको अवस्थामा सम्बन्धित पालिका र पालिका अन्र्तगतको कुनै निश्चित क्षेत्र सिल गर्नुपर्ने अवस्था आएका डीसीसीएमसीसँग समन्वय गरी गर्न सक्ने जिम्मेवारी दिइने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।

जिल्लामा रहेका २ वटा निर्वाचन क्षेत्रमा २ वटा शववाहन खरिद प्रक्रिया अगाडि बढाइने भएको छ । त्यसको लागि सम्बन्धित क्षेत्रमा पर्ने पालिकाहरुको समन्वयमा खरिद गर्ने निर्णय भएको प्रशासकीय अधिकृत पन्थीले जानकारी दिए 

प्रकाशित मिति : सोमबार, भाद्र १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij