बुटवल । पत्रकार तेजन्द्र के.सी.उकृष्ट औद्योगिक पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् ।
रुपन्देही उद्योग संघ र नेपाल पत्रकार महासघ रुपन्देहीद्धारा संयुक्त रुपमा स्थापित औद्योगिक पत्रकारिता पुरस्कार २०७४ रुपन्देही उद्योग संघको स्थापना दिवसको अवशरमा बुटवलमा आज अायोजित कार्यक्रमा ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदान गरेका थिए ।
प्रत्येक बर्ष ओद्योगिक क्षेत्रसँग समाचार लेख्ने एक जना पत्रकारलाई दिईने पुरस्कारको राशी ३५ हजार ५ सय ५५ रुपयाँ रहेको छ ।
बिगत एक दशकदेखी बुटवलको पत्रकारीतामा कृयासिल के सी ले २०७४ सालमा औद्योगक समाचार लेखेबापत पुरस्कार पाएका हुन् ।
केसी रातोपाटी अनलाईनका ५ नम्बर प्रदेश संयोजक हुन् भने दैनिक पत्र दैनिकमा आवद्ध छन् ।
प्रकाशित मिति : शनिबार, मंसिर १५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्