बुटवल । २७ औं अन्तरराष्ट्रिय दिवसको अवसरमा रुपन्देही नेत्रहिन संघले आयआर्जन गर्न सफल भएका दृष्टिविहिन व्यक्तिहरु र सहयोगी दाताहरुलाई सम्मान गरेको छ ।
शनिबार नेहिन संघ आश्रय स्थल बुटवल–१२ तामनगरमा एक कार्यक्रमको आयोजना गरी शुभकाना आदान प्रदान, छात्रवृत्ति वितरण र सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले अपाङ्गता भएका व्याक्तिहरुमा पनि फरक क्षमता रहेको भन्दै उनीहरुको क्षमताको कदर सदैभ गर्न आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार तथा पुर्व अध्यक्ष आत्मराम पौडेल, केन्द्रीय सदस्य शिला घिमिरे, प्रदेश सचिव मनोज पंगेनी, मनार्थ सदस्य तम बहादुर शेरचन, समाजसेवी सुरज काफ्ले, सल्लाहकार छवि अाचार्य, अनएयर मिडिया सेन्टरका अध्यक्ष अनिल पहाडी, समाजसेवी अर्जुन थापा, संस्थाकी उपाध्यक्ष कुन्ती पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रममा आयआर्जनमा लागेर राम्रो आम्दानी गर्न सफल भएका दृष्टिविहिन यम बहादुर बिक, दुर्गा दर्जी, सनु चौधरी, कर्ण बहादुर केसी, कमला राना लाई सम्मान गरिएको थियो ।
यस्तै सोही कार्यक्रममा दुर्गा दर्जी, युवराज पौडेल, कर्ण बहादुर केसी, दिलमायाँ थारुलाई न्यानो कपडा समेत प्रदान गरिएको संस्थाका सचिव टिकाराम पौडेलले जानकारी दिए । संस्थाका अध्यक्ष कृष्ण बहादुर जिसीका अनुसार युवराज भुर्तेल, प्रविन चौधरी, टिकाराम घिमिरे, सन्दिप चौधरीलाई शिक्षाको लागि छात्रवृत्ती समेत प्रदान गरिएको थियो ।
यस्तै सोही कार्यक्रममा युवराज पौडेल, यम बहादुर विक, मतिलाल सिं थारु, सुनिल चौधरी, विष्णु सापकोटा, यम बहादुर गुरुङ्ग, आश बहादुर गुरुङ्ग, श्रीराम अर्याल, रुपेश पौडेल, दयाराम चौधरी र अनिल यादव लाई कपडा समेत प्रदान गरिएको थियो ।
प्रकाशित मिति : शनिबार, मंसिर १५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्