बुटवल
सामाजी क्षेत्रमा क्रियासिल लायन्स क्लब अफ मणिग्रामले संचारकर्मीहरुलाई मेडिकल मास्क र सेनिटाईजर बितरण गरेको छ । क्लबले शनिबार मणिग्राममा एक कार्यक्रम गरि ३ दर्जन बढी संचारकर्मीहरुलाई मेडिकल मास्क तथा सेनिटाईजर बितरण गरेको हो ।
क्लबका अध्यक्ष सुरज कुमार लम्सालले सामाजीक क्षेत्रको मा कार्य बर्ष २०२०÷२१ को कार्यक्रम अन्र्तरगत १६ औ कार्यक्रम चलाईरहेको बताउनुभयो ।
कोभिड १९ को बिरुद्ध लगातार सचेतना र सुरक्षा सामग्री वितरणको कामलाई निरन्तरता दिएको उहाले बताउनुभयो ।
एक्सपर्ट फाउण्डेसन नेपालका अध्यक्ष रोशन कंडेलले सामाजिक क्षेत्रमा काम गर्ने धेरै संस्थामध्ये यो फरक पहिचान बनाएर अघि बढेको दाबी गर्नुभयो ।
कार्यक्रममा क्लबका सचिव चोलाप्रसाद पाठक, कार्यक्रमका संयोजक बाबुराम देवकोटाले लायन्सको मर्म अनुसार आफुहरु निरन्तर सामाजिक हितको क्षेत्रमा लाग्ने बताउनुभयो ।
प्रकाशित मिति : शनिबार, भाद्र १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्