एम्बुलेन्स दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

एम्बुलेन्स दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

वालिङ्– स्याङ्जाको वालिङ् नगरपालिका —५ स्थित चापाकोटको भित्री सडक खण्डमा भएको एम्बुलेन्स दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

महिलासहित दुुई जना घाइते भएका छन् । दुर्घटनामा परेर ज्यान गुमाउनेमा चापाकोट— १० का २५ वर्षीय श्याम पंगेनी र चापाकोट—९ का ३५ वर्षीय भानुभक्त गैह्रे रहेको प्रहरीले जनाएको छ । दुवै जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्मा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा ३२ वर्षीया पवित्रा गैह्रे र ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि पोखरा पठाइएको छ।

कठमाडौंबाट चापाकोट नगरपालिका जाँदै गरेको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको प्रहरीले जनाएको छ । काठमाडौंमा बिरामी छोडेर चापाकोटकी गर्भवती महिलालाई घर लिएर फर्केको एम्बुलेन्स दुर्घटना भएको प्रहरीको भनाइ छ ।

एम्बुलेन्स सडकबाट अन्दाजी दुई सय ५० मिटर तल खसे पनि दुर्घटनाको कारण पत्ता नलागेकाले घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, भाद्र १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij