बुटवल ।
रुपन्देहीका १६ सहित प्रदेश ५ मा थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै प्रदेश ५ मा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ३ सय ३३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा प्रदेश ५ अन्तर्गत रुपन्देहीका १५ जना,कपिलबस्तुका १७ जना,बाँके जिल्लाका १० जना,अर्घाखाँचीका ३ जना,पाल्पा,प्युठान र बर्दीया जिल्लाका १÷१ जना गरी ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश ५ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले जानकारी दिए ।
प्रदेश ५ मा हालसम्म ४ हजार ८ सय ३८ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्कीएको र २९ जना कोरोना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
हाल प्रदेश ५ मा १ हजार ४ सय १७ जना कोरोना भाइरस संक्रमित आइसोलेशनमा रहेका छन् ।
आइतबारसम्म प्रदेश ५ मा १ सय १० जना स्वास्थ्यकर्मी समेत कोरोना भाइरसबाट संक्रमित भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पोडेलले जानकारी दिए ।
प्रकाशित मिति : आइतबार, भाद्र १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्