अगस्ट महिनामा भारतमा झन्डै २० लाख संक्रमित थपिए

अगस्ट महिनामा भारतमा झन्डै २० लाख संक्रमित थपिए

 भारत-भारतमा अगस्ट महिना झन्डै २० लाख संक्रमित थपिएका छन् ।

महामारी सुरु भएयता कुनै पनि देशमा एक महिनामा थपिएको सबैभन्दा ठूलो संख्या रहेको हुँदा तथ्यांकले अगस्ट महिनामा भारतमा संसारकै सबैभन्दा बढी कोरोना भाइरस संक्रमण फेला परेको पुष्टि भएको हो । संक्रमितको संख्यामा मात्र नभएर अगस्ट महिनामा भारतमा २८ हजार जनाको मृत्यु भएको छ ।

अगस्टमा भारतमा हरेक दिन ६४ हजारको दरले संक्रमण बढेको थियो जुन जुलाई महिनाको भन्दा ८४ प्रतिशतले बढी हो । त्यस्तै अमेरिकामा अगस्ट महिनामा प्रतिदिन ४७ हजार संक्रमित थपिएका थिए । अमेरिका र ब्रजिलपछि भारत सबैभन्दा बढी संक्रमण भएको देश हो ।

ग्रामीण इलाकामा पनि भाइरस फैलिन थालेको चिन्ताको बीचमा भारतमा कोभिडको परीक्षण विस्तार गर्ने क्रममा संख्यामा वृद्धि भएको बताइन्छ । त्यहाँ प्रति १० लाखमा ३२ हजार जनाको परीक्षण गरिएको छ । भारतमा ७७ प्रतिशत निको हुँदै छन् भने मृत्युको दर दुई प्रतिशतभन्दा कम रहेको छ ।

भारतमा हालसम्म ३६ लाखभन्दा बढी मानिसहरूलाई संक्रमण भएको पुष्टि भइसकेको छ । मार्च महिनामा सुरु गरिएको लकडाउनका कारण अर्थतन्त्रमा नराम्रो प्रभाव परेर लाखौँको रोजगारी खोसिएपछि भारतमा अहिले प्रतिबन्धहरू खुकुलो गरिएको छ ।

प्रकाशित मिति : बुधबार, भाद्र १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij