अबुधाबीस्थित नेपाली दूतावासले युएई काठमाडौंको नियमित हवाइ उडान तालिका सार्वजनिक गऱ्यो

अबुधाबीस्थित नेपाली दूतावासले युएई काठमाडौंको नियमित हवाइ उडान तालिका सार्वजनिक गऱ्यो

युएई । अबुधाबीस्थित नेपाली दूतावासले युएई काठमाडौंको नियमित हवाइ उडान तालिका सार्वजनिक गरेको छ । दूतावासले बुधबार सूचना जारी गर्दै ५ देखि ३० सेप्टेम्बरसम्मको उडान तालिका सार्वजनिक गरेको हो ।

सरकारले सेप्टेम्बरदेखि नेपाली नागरिक र तोकिएका विदेशी पर्यटकलाई मात्रै नेपाल लैजाने तयारी गरी नियमित रुपमा युएई(काठमाडौं उडान सञ्चालन गर्ने निर्णय गरेपछि तालिका सार्वजनिक भएको हो ।

उडान तालिका सार्वजनिक गर्दै दूतावासले नेपाल जानका लागि आफूलाई पायक पर्ने मिति र एयरलाइन्सबाट टिकट लिन सकिने जनाएको छ । युएईबाट नेपाल जाने यात्रुले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट समेत साथमा बोक्नुपर्ने भएको छ ।

दूतावासले भनेको छ, ‘नेपाल जाने सबै यात्रुले उडान समयको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको अनलाइन इन्ट्री फारम भरेर तत्पश्चात उत्पन्न हुने बारकोड वा प्रिन्ट कपी अनिवार्य रुपमा लिएर जानुपर्नेछ ।’

नेपाल एयरलाइन्सले सेप्टेम्बर ६, ८, १३, १५, २०, २२, २७ र २९ मा दुबईबाट उडान भर्ने भएको छ ।

हिमालयन एयरलाइन्सले अबुधाबीबाट सेप्टेम्बर ५, १२, १९ र २६ को उडान तालिका बनाएको छ ।

एयर अरेबियाले सेम्टेम्बर ६, २० र २९ मा सारजाहबाट उडान भर्ने छ भने फ्लाइ दुबईको जहाज सेप्टेम्बर ८, १५ र २२ मा दुबईबाट नेपालका लागि प्रस्थान गर्ने छ ।

उद्धार उडान मार्फत युएईबाट मात्रै हालसम्म कोभिडका कारण विभिन्न समस्यामा परेका करिब १४ हजार नेपाली स्वदेश फर्किसकेका छन् । दूतावासले स्वदेश फर्कनेहरुका लागि आह्वान गरेका फारममा ४२ हजारले स्वदेश फर्कने इच्छा जाहेर गरेका छन् ।

प्रकाशित मिति : बिहिबार, भाद्र १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij