चार वर्षपछि हुने भयो ए डिभिजन लिग, मिति तोकियो

चार वर्षपछि हुने भयो ए डिभिजन लिग, मिति तोकियो

काठमाडौं : चार वर्षपछि अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक ए डिभिजन लिगको मिति घोषणा गरेको छ।

एन्फाको लिग कमिटीको बुधबारको निर्णय अनुसरा ए डिभिजन लिग यही असोज १३ देखि माघ १६ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो। ए डिभिजन क्लबहरुस“गको पटक पटकको छलफल पछि पूर्व राष्ट्रिय खेलाडी विज्ञानराज शर्माको नेतृत्वको लिग कमिटीले ए डिभिजन लिगको मिति तय गरेको हो।

यद्यपि लिग कहा खेलाउने भन्ने टुंगो लागेको छैन। लिगमा १४ ए डिभिजन क्लबले खेल्नेछन्।

थ्रीस्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, संकटा, मच्छिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम एनआरटी, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पाले क्लब खेल्ने छन्।

लिगका लागि क्लबहरुले कम्तीमा १८ देखि बढिमा ३५ जना खेलाडी अनुबन्ध गर्न सक्नेछन्। प्रतियोगिताका लागि क्लबहरुले चार जना विदेशी खेलाडी राख्न पाउने छन् भने एउटा खेलमा बढीमा तीन जना खेलाडी मात्र मैदानमा उतार्न पाउने प्रावधान छ।

खेलाडी दर्ता भदौ १५ देखि हुने एन्फाले जनाएको छ। कर्मा छिरिङ शेर्पाको नेतृत्वमा एन्फा कार्यसमिति निर्वाचित भएसगै घोषणा गरिएको ए डिभिजन लिग पछिल्लो पटक विक्रम संवत् दुई हजार ७१ सालमा भएको थियो।

प्रकाशित मिति : बुधबार, जेष्ठ २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij