JanataToday.com

Advertisment

SKIP THIS

उच्च जोखिमका बस्ती व्यवस्थापनका लागि १० दिनभित्र कार्यविधि तयार गरिने

उच्च जोखिमका बस्ती व्यवस्थापनका लागि १० दिनभित्र कार्यविधि तयार गरिने

काठमाडौ-बाढीपहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनर्निर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको विपद व्यवस्थापन परिषदको बैठकले बाढीपहिरोले क्षति गरेका र उच्च जोखिममा रहेका बस्तीहरुको पुनस्र्थापना गर्न कार्यविधि बनाउने निर्णय गरेको हो । मनसुन सुरु भएपछि नेपालमा बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको छ ।

सिन्धुपाल्चोक, कालिकोट, बागलुङलगायतका जिल्लामा बाढीपहिरोले ठूलो जनधनको क्षति भएपछि उच्च जोखिममा रहेका बस्तीहरु स्थानान्तरण गर्ने विषयमा आज छलफल भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । भूकम्पपछिको पुनर्निर्माणको अनुभवलाई आधार मान्दै बस्ती व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउने, दिगो कसरी बनाउने भन्ने विषयमा छलफल भएको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, सहरी विकास मन्त्री वसन्त नेम्वाङ र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललगायत तीनवटै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : बिहिबार, असोज १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij