अमेरिका-अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प सर्वोच्च अदालतको नयाँ न्यायाधीश नियुक्ती चाँडो गर्ने पक्षमा देखिएका छन् ।
सर्वोच्च अदालतकी वरिष्ठ लिबरल न्यायाधीश रुथ बाडर गिन्सबर्गको शनिबार बिहान ८७ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि ट्रम्प जतिसक्दो चाँडो नयाँ न्यायाधीश नियुक्तीका पक्षमा देखिएका हुन् । रुथको निधनसँगै नयाँ न्यायाधीश नियुक्तीको विषय अहिले अमेरिकाको राजनीतिक चर्चाको केन्द्रमा आएको छ ।
आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावको मुख्य मुद्दाका रुपमा पनि यसलाई उठान गर्ने संकेत देखिएको छ । बाडरको निधनपछि औपचारिक रुपमा प्रतिक्रिया दिँदै डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले जनताले राष्ट्रपति चुन्ने र राष्ट्रपतिले चुनेका न्यायाधीशलाई सिनेट मार्फत स्वीकृति प्रदान गर्ने प्रक्रियाको पक्षमा रहेको स्पष्ट पारे । राष्ट्रपति निर्वाचनको ६ हप्ता अघि न्यायाधीशको निधन हुँदा राजनीतिक खिचातानीको विषय नयाँ न्यायाधीश नियुक्ति बन्ने भएको हो ।
ट्रम्पले गिन्सबर्गको स्थान लिने नयाँ न्यायाधीशमा महिलालाई स्थान दिने र आउँदो हप्ता आफूले नाम प्रस्ताव गर्ने बताएका छन् । सामान्य अवस्थामा अति तीव्र गतिमा नयाँ न्यायाधीश नियुक्ति प्रक्रिया गरे पनि ७० दिन लाग्ने गरेको विगतको इतिहास रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी संविधान अनुसार राष्ट्रपतिले प्रस्तावित गरेका व्यक्तिका सम्बन्धमा सिनेटमा मतदान हुन्छ । सिनेटले अनुमोदन गरेपछि राष्ट्रपतिले नयाँ न्यायाधीश नियुक्त गर्छन् ।
प्रकाशित मिति : आइतबार, असोज ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्