बुटवल – प्रदेश ५ को स्थायी राजधानी दाङ भएपछि रुपन्देहीको तिलोत्तमाका प्रमुख बासुदेव घिमिरेले आजको दिनलाई लुम्बिनी बासीका लागि कालो दिनको संज्ञा दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुक स्टाटसमा उहाले ‘लुम्बिनीको लागि आज कालो दिन ।’ लेख्नुभएको हो।
मंगलबार बसेको प्रदेश ५ प्रदेशसभा बैठकले स्थायी राजधानी दाङको भालुवाङ राख्ने निर्णय गरेको हो । प्रदेश ५ सकारका तर्फबाट आन्तरिक मामिला तथा कानून् मन्त्री कुलप्रसाद केसीले प्रस्तुत गरेको प्रस्ताव दुई तिहाई बहुमतले पारित भएपछि स्थायी राजधानी दाङ भएको हो । प्रस्तावको पक्षमा कूल ८२ मत मध्ये ६९ मत खसेको थियो भने विपक्षमा १३ मत खसेको थियो । ३ जना सांसद मतदानमा सहभागी भएनन् ।
प्रकाशित मिति : मंगलबार, असोज २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्