रहेनन् भारतका केन्द्रीय मन्त्री रामविलास पासवान

रहेनन् भारतका केन्द्रीय मन्त्री रामविलास पासवान

काठमाडौं – भारतीय केन्द्रीय मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ । भारतका उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री पासवानको केही समयअघि मात्रै मुटुको शल्यक्रिया गरिएको थियो ।

लामो समयदेखि बिरामी पासवानको दिल्लीस्थित फोर्टिस एस्कर्ट्स अस्पतालमा बिहीबार साँझ निधन भएको हो । पासवान विगत पाँच दशकदेखि भारतीय राजनीतिमा सक्रिय थिए । बिहारबाट राजनीतिमा उदाएका उनी दलित नेता थिए ।

उनी नरेन्द्र मोदीको सरकारमा उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री थिए । प्रधानमन्त्री मोदीले उनको निधनमा ट्वीट मार्फत शोक व्यक्त गर्दै यो आफ्नो लागि व्यक्तिगत नोक्सान भएको र आफूले एक मित्र र सहकर्मीलाई गुमाएको उल्लेख गरेका छन् ।

पासवान सन् २००० मा स्थापना भएको लोक जनशक्ति पार्टीका संस्थापक अध्यक्ष थिए । १९ वर्ष पार्टीको नेतृत्व गरेका उनले गएको वर्षको नोभेम्बरमा पदबाट राजीनामा दिएर आफ्ना छोरा विधायक चिराग पासवानलाई नयाँ अध्यक्ष बनाएका थिए । -एजेन्सी

प्रकाशित मिति : शुक्रबार, असोज २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij