कर्मचारी अध्यादेश स्वीकृत, १ लाख ९ हजार कर्मचारीको समायोजन प्रक्रिया शुरु

कर्मचारी अध्यादेश स्वीकृत, १ लाख ९ हजार कर्मचारीको समायोजन प्रक्रिया शुरु

काठमाडाैँ : सरकारले कर्मचारी अध्यादेश स्वीकृत गरेको छ । सरकारले संघीयता कार्यान्वयनको महत्वपुर्ण र पेचिलो विषयको रुपमा रहेको बहुप्रतिक्षित कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको हो ।

अध्यादेश स्वीकृत गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाउने निर्णय गरेको छ । सरकारको यो निर्णय सँगै अब निजामती सेवामा रहेका ८९ हजार ३९ र स्थानीय तहमा रहेका २० हजार गरि १ लाख ९ हजार कर्मचारीको समायोजन प्रक्रिया शुरु हुने छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भएको जलवायू सम्वन्धि अन्तर्रा्ष्ट्रिय सम्मेलनमा भाग लिई वुधवार नेपाल फर्केलगत्तै सो अध्यादेश प्रमाणीकरण हुनेछ ।

अध्यादेश प्रमाणीकरण भएर राजपत्रमा सूचना प्रकाशन भएकै दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन प्रक्रिया थाल्ने जनाएको छ । समायोजन गर्दा ३५ दिन भित्र समायोजन भएको ठाउमा नजाने कर्मचारीलाई सरकारले अवकाश दिने छ ।

प्रकाशित मिति : मंगलबार, मंसिर १८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij