घानामा चर्च भत्किँदा कम्तीमा २२ जनाको मृत्यु

घानामा चर्च भत्किँदा कम्तीमा २२ जनाको मृत्यु

एजेन्सी – घानामा चर्च रहेको भवन भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ।

देशको पूर्वी क्षेत्रमा शुक्रवार भएको घटनामा परी अरू कैयौँ घाइते भएको स्थानीय अधिकारीले जानकारी दिएका छन्।

भत्किएको भवन ६ तले हो।

घटनास्थलबाट २२ जनाको शव निकालिएको छ। सुरुमा १८ जनाको मात्रै मृत्यु भएको भनिएकोमा चार जनाको शव पछि भेटिएको हो।

खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु भएकाहरूको सङ्ख्या अझै धेरै हुनसक्ने अधिकारीहरूले बताएका छन्।

घटना भएका बेला घटनास्थलमा ६० जना रहेको स्थानीय सञ्चार माध्यमहरूले जानकारी गराएका छन्।

प्रकाशित मिति : शनिबार, कार्तिक ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij