तिलोत्तमा– ब्याडमिण्टन खेलको विकास, बिस्तार तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थापना गरिएको शँकरनगर स्पोर्टस् क्लवको आयोजनामा आज (मंगलवार) एक दिवसिय आन्तरिक ब्याडमिण्टन प्रतियोगिता सम्पन्न भएको छ ।
क्लवमा आवद्ध सदस्य खेलाडीहरुका विच सौहार्दपूर्ण सम्वन्ध सुधारसँगै शारिरीक तथा मानसिक स्वास्थ्यका लागि आयोजना गरिएको मैत्रीपुर्ण प्रतियोगितामा क्लवका १४ जना खेलाडीहरु सहभागि भएका थिए ।
तिलोत्तमा नगरपालिका–३ शिवालय मन्दिर नजिकै रहेको क्लवको आफ्नै कोर्टमा भएको मेन्स डबल्स प्रतियोगितामा बसन्त थापा र प्रकाश पौडेलको जोडी प्रथम भएको छ ।
थापा र पौडेलको जोडी मिन प्रसाद सुबेदी र प्रकाश चापागाईको जोडीलाई पराजित गरी प्रथम भएको हो । प्रतियोगितामा मिन प्रसाद सुबेदी र प्रकाश चापागाईको जोडी द्वित्तीय भएको छ भने रामु खत्री र सूरज गुरुङको जोडी तृतिय भएको छ ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई प्रतियोगिताका रेफ्री प्रमोद पहाडी, क्लवका संस्थापक अध्यक्ष ज्ञान प्रसाद ज्ञवाली र पत्रकार खिमानन्द भट्टराईले शिल्ड प्रदान गर्नुभएको थियो ।
क्लवका अध्यक्ष मिन प्रसाद सुवेदीको अध्यक्षता र सचिव बसन्त थापाको सञ्चालनमा भएको कार्यक्रममा क्लवका कोषाध्यक्ष एबम् प्रतियोगिताका संयोजक गोपाल कार्की, सदस्य दिपक ज्ञवाली, ईन्जिनियर विनय ज्ञवाली, अमित क्षेत्रीलगायतले बोल्दै एक आपसमा सुमधुर सम्वन्ध स्थापित गर्ने र आत्मीयता प्रगाढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनु भयो ।
२०६६ सालमा स्थापना भएको क्लवका सदस्य खेलाडीहरु जिल्लाका अन्य क्लवहरुले आयोजना गरेका क्लव स्तरीय तथा खुला ब्याडमिण्टन प्रतियोगितामा सहभागि भएर शिल्ड तथा पुरस्कार प्राप्त गर्न सफल भएका र आन्तरिक रुपमा पनि सदस्य खेलाडीहरु विचको प्रतियोगितालाई निरन्तरता दिइदै आएको क्लवका अध्यक्ष मिन प्रसाद सुवेदीले वताउनु भयो ।
प्रकाशित मिति : बुधबार, कार्तिक २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्