आज २१ सय ११ जनामा कोरोना पुष्टि

आज २१ सय ११ जनामा कोरोना पुष्टि

बुटवल –नेपालमा शुक्रबार थप २१ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २१ सय ११ जनालाई कोरोना संक्रमण भएको जानकारी दिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ ।

आज थप ३५ सय ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ६८ हजार १२९ पुगेको छ ।

शुक्रबार थप १३ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ सय २ पुगेको छ ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij