पाल्पामा थप २ जना कोरोना संक्रमितको मृत्यु

पाल्पामा थप २ जना कोरोना संक्रमितको मृत्यु

पाल्पा।
पाल्पामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पाको बगनासकाली गाउपालिका, चिर्तुङधाराकी ६३ वर्षीया महिला र माथागढी गाउपालिका कसेनीका ४३ वर्षीय पुरुष रहेका छन् ।

चिर्तुङधाराकी ६३ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज पर्भासमा र कसेनीका ४३ वर्षीय पुरुषको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएकी ६३ वर्षीय महिलाको लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा राखेर उपचार गरिएकोमा उपचारकाका क्रममा आइतबार मृत्यु भएको मेडिकल कलेजका कोभिड फोकल पर्सन प्रदीप खनालले बताए । उनमा निमोनिया र श्वासप्रश्वासमा समस्या समेत रहेको अस्पतालले जनाएको छ ।

मिसन अस्पतालमा मृत्यु भएका ४३ वर्षीय पुरुषमा मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ । यससंगै पाल्पा जिल्लामा कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij