कोरोना भाइरस बारे रिपोर्टिङ गर्दा चिनियाँ पत्रकार जेलमा

कोरोना भाइरस बारे रिपोर्टिङ गर्दा चिनियाँ पत्रकार जेलमा

काठमाण्डौ
वुहान शहरमा कोरोना भाइरसको प्रकोपको बिषयमा रिपोर्टिङ गर्ने एक चिनियाँ पत्रकारले पाँच वर्षको जेल सजाय भोगिरहेको सार्वजनिक भएको छ ।

गएको मे महिनामा पक्राउ गरिएपछि ३७ वर्षीया झाङ्ग झान ‘पहिले वकालत गनर्’े लाई नजरबन्दमा राखिएको बीबीसीले जनाएको छ ।
वुहानमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

उनीमाथि ‘विवाद उठाउने र भड्काउने’ आरोप लगाइएको छ, यो आरोप प्रायः चीनका अभियानकर्तामाथि लगाइँदै आइएको छ ।

भाइरसलाई लिएर वुहानको रिर्पोटिङ गर्दा समस्यामा परेकी झाङ्ग पहिलो नागरिक ‘पत्रकार’ होइनन् ।

फेब्रुअरीमा कम्तीमा तीन जना हराएका थिए । तीमध्ये एक, ली जेहुआ, जसलाई अप्रिलमा क्वरेण्टीनमा रहेको भनिएको थियो ।

बेपत्ता हुनेमा दोस्रो व्यक्ति चेन क्विशी हुन्, जसलाई सरकारको निरीक्षणमा राखिएको बताइएको छ भने अर्का पत्रकार फाङ्ग बिन, जसको बारेमा अझै पत्तो छैन ।

चिनियाँ अधिकारीहरु अभियानकर्मीहरुलाई दबाउन जान्नेका रुपमा चिनिन्छन् ।

भर्खरै सार्वजनिक भएको एक अभियोग पत्रका अनुसार झाङ्ग गएको फेब्रुअरीमा वुहानका लागि प्रस्थान गरिन्, जहाँ उनले धेरै विषयमा रिपोर्टिङ गरिन् । चिनियाँ मानव अधिकार रक्षकहरुको नेटवर्क ‘सीएचआरडी’ का अनुसार रिपोर्टमा अन्य स्वतन्त्र पत्रकारहरु नजरबन्दमा परेको र पीडित परिवारहरुको उत्पीडन पनि समावेश छ ।

तर गएको १५ मा उनी वुहानबाट हराइरहेको सीएचआरडीले बताएको छ ।

उनलाई ६ सय किमि टाढा संघाईमा प्रहरीले हिरासतमा लिएको थाहा भएको थियो ।

गएको जुन १९ मा उनी संघाईमा पक्राउ परिन् । त्यसको झण्डै तीन महिनापछि उनलाई सेप्टेम्बर ९ मा आफ्नो वकिलसँग भेट्न दिइयो ।

आफूलाई पक्राउ गरिएको विरोधमा झाङ्गले भोक हड्ताल गरेको सीएचआरडीले जनाएको छ । १८ सेप्टेम्बरमा उनका वकिललाई एक फोन आएको थियो, जसमा झाङ्गलाई आरोप लगाइएको थियो । गएको शुक्रबार उनलाई औपचारिक रुपमा आरोप लगाइएको थियो ।
एजेन्सी

प्रकाशित मिति : मंगलबार, मंसिर २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij