काठमाडौँ । वायु प्रदुषण तथा पश्चिमी हावाको प्रभावका कारण केही दिनयता काठमाडौँ उपत्यकालगायत मुलुकभरि नै चिसो बढ्दै गएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले मौसमी प्रभाव (सिजनल इफेक्ट) तथा पश्चिमी हावाका कारण दिउँसो बादल लाग्दा केही दिनयता काठमाडौँ उपत्यकालगायत मुलुकभरि नै चिसो बढ्दै गएको बताए ।
उनले मुलुकभरिकै तापक्रम घट्ने क्रममा रहेको बताए । यो साता उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको समेत सम्भावना रहको उनले बताए ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार काठमाडौँ उपत्यकाका अधिकतम तापक्रम २० डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस र बुधबारको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको थियो ।
विगतझैँ यस वर्ष पनि काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्री सेल्सियसमा झर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ ।
महाशाखाका मौसमविद् अर्यालले पश्चिमी हावाको प्रभाव तथा लामो समयदेखि पानी नपरेका कारण बढ्दै गएको वायु प्रदुषणले यस वर्ष पनि काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्री सेल्सियसमा झर्ने अनुमान रहेको बताए ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २१ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्