नेकपाकाे नाम र चुनाव चिन्ह पाउनुपर्ने प्रचण्डको माग

नेकपाकाे नाम र चुनाव चिन्ह पाउनुपर्ने प्रचण्डको माग

 

काठमाडाैं । शुक्रबार निर्वाचन आयोग पुगेका सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाकाे नाम र चुनाव चिन्ह आफ्नाे पक्षले पाउनुपर्ने माग गरेका छन् ।

आफूहरु वैधानिक भएको भन्दै निर्वाचन आयोगले आधिकारिता, चुनाव चिन्ह र नामावाली आफूहरुलाई प्रदान गर्नुपर्ने उनकाे भनाइ छ । उनले भने, ‘निर्वाचन आयोगले आधिकारिता, चुनावचिन्ह र नामावालीमा हामीलाई प्रदान गर्नेछ भन्ने हामीले विश्वास लिएका छाैँ । आधिकारिकताको योभन्दा अरु ठूलो प्रमाण केही हुन सक्दैन ।’

अहिले नेपाल-दाहाल पक्षकाे केन्द्रीय समिति बैठकमा २९६ जनाले हस्ताक्षर गरिसकेका छन् । साे समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको समूह एउटा सानाे गुट मात्रै भएकाे, आफ्नाे समूहमा बहुमत रहेकाे भन्दै आफ्नाे समूह नै आधिकारिक नेकपा रहेकाे दाबी गर्दै आइरहेकाे छ । ओली समूहकाे पनि यही बाेली छ ।

प्रकाशित मिति : शुक्रबार, पुष १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij