महेन्द्रनगर : सामुदायिक तथा निजी विद्यालयहरुले रौटेला ब्रह्मदेब जैविक धार्मिक पर्यटकीय मार्गमा हाफ म्याराथुन प्रतियोगिता आयोजना गर्ने भएका छन् । सामुदायिक विद्यालय सहित निजी तथा आवाशीय विद्यालयका संगठन प्याब्सन एन प्याब्सनको आइतबार आयोजना गरिएको संयुक्त भेलाबाट आगामी पुस १५ गते हाफ म्याराथुन प्रतियोगिता गर्ने निर्णय गरिएको हो ।
भीमदत्त नगरपालिका कार्यालयको सभा कक्षमा गरिएको भेलामा प्याब्सन एन प्याब्सनका पदाधिकारी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु सहभागी भएका छन् ।
प्याब्सन कञ्चनपुरका लेखा समितिका संयोजक शमरजङ्ग बहादुर चन्दले जैविक मार्गमा हाफ म्याराथुन प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको बताए ।
‘आज नगरपालिकाको सभा कक्षमा सामुदायिक र निजी विद्यालयको संयुक्त रुपमा भेला गरियो, त्यो भेलाबाट पुस १५ गते जैविक मार्गमा हाफ म्याराथुन प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको छ’-लेखा समितिका संयोजक चन्दले भने ।
प्रतियोगितामा जिल्लाभरका विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराइने समितिका संयोजक चन्दले जानकारी दिए ।भीनपा कार्यालयको आधारभूत तथा माध्यमिक शिक्षा शाखासित समन्वय गरी प्रतियोगिता तयारी गर्न छलफल गरिएको छ । भेलामा शिक्षा शाखाका प्रमुख सहित कर्मचारी सहभागी भएका छन् ।
यसैगरी भेलाबाट राष्ट्रपति रनिङ्ग शिल्ड आयोजना सम्बन्धी छलफल गरिएको छ । पुसभित्र राष्ट्रपति रनिङ्ग शिल्ड आयोजना गर्ने सहमति गरिएको छ ।
जैविक मार्गको हाफ म्याराथुनका लागि विद्यार्थीहरुलाई खुला मञ्चमा भेला गरी रौटेला लगेर म्याराथुन प्रतियोगिता सञ्चालन गरिने एन प्याब्सनका जिल्ला सचिव बीर बहादुर चन्दले जानकारी दिए ।
‘सहभागीलाई खुला मञ्चमा भेला गरी रौटेला लगिन्छ, त्यसपछि रौटेलाबाट ब्रह्मदेबसम्म म्याराथुन सुरु हुन्छ’ एन प्याब्सन सचिव चन्दले भने ।
भीनपाका नगर प्रमुख सुरेन्द्र विष्टले स्थानीय तह निर्वाचनमा गरिएको प्रतिवद्धता अनुसार जैविक मार्ग निर्माण गरेका हुन् । गत आर्थिक वर्षमा ट्रयाक खोलिएको मार्गको यस वर्ष स्तरोन्नति कार्य लगलग सकिएको छ ।
रोटेलादेखि ब्रह्मदेबसम्म १५ किलोमिटर लम्बाईको जैविक मार्ग १८ देखि २२ मिटर फराकिलो छ ।भीमदत्त नगरपालिकाको गौरबको योजना जैविक मार्गले भीमदत्तका वडा नं. १, ३, ७, ८, ९ र १० नम्बर वडा एक आपशमा जोडिएका छन् ।
धामिर्क पर्यटन प्रवद्र्धन, चुरे संरक्षण र स्थानीयलाई यातायात सुविधाका लागि जैविक मार्ग निर्माण गरिएको हो । ‘उत्तरी क्षेत्रका सडक पूर्वाधार विकास, धार्मिक पर्यटन विकास, पर्यावरण संरक्षण र चुरे संरक्षण गर्ने उद्देश्य सहित जैविक मार्ग निर्माण गरिएको छ’ भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले भने ।
जैविक मार्गको पूर्वी र पश्चिमी दुबै भागलाई जोडेर बाह्य चक्रपथ निर्माणका लागि डिपिआर बनाउने कार्य अघि बढेको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर २३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्