मौसममा सुधार, वायु सफा भएर जाने

मौसममा सुधार, वायु सफा भएर जाने

काठमाडौं-खराव वायुका कारण प्रदूषित बनेको मुलुकभरको मौसममा सुधार आउन थालेको छ ।

आज (बुधबार) देशभरको मौसम सफा हुने अनुमान गरिएको छ । वायु प्रदूषणले खतराको तह पार गरेपछि काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न सहर प्रदूषित बनेको थियो । सोमबार बिहानबाट धुम्बिएको आकाश आजबाट विस्तारै सफा हुँदै जाने बताइएको छ । एकाएक प्रदूषणको मात्रा बढ्नुमा बादलले माथिबाट ढपक्क ढाक्दा प्रदूषणको अन्यत्र आउजाउ गर्न नपाउनु मुख्य कारण रहेको विज्ञहरुले बताएका छन् ।

आकाश खुल्नासाथ वा पानी परेपछि प्रदूषणको मात्रा कम हुने उनीहरुको धारणा छ । काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा मंगलबार बिहानैदेखि वायुु प्रदुषणको स्तर गम्भीर अवस्थामा पुगेको छ । मंगलबार बिहान काठमाडौंको रत्नपार्कको वायु प्रदूषणको मापन ४ सय ८८ कायम गरिएको छ ।

वायु गुणस्तरको सूचकाङ्ग (एक्यूआई) अनुसार ३ सयदेखि ४ सयसम्मको एक्यूआई सूचकाङ्गलाई निकै नै खराब तथा ४ सय १ देखिमाथिलाई गम्भीर मानिन्छ । पुस महिनाको सुरुवातदेखिनै काठमाडौं उपत्यकामा धुम्मिने गरेको थियो ।

मौसममा देखिएको परिवर्तनसँगै वायु प्रदूषण पनि ह्वात्तै बढेको हो । जल तथा मौसम पूर्वानूमान महाशाखाले काठमाडौं उपत्यकामा आजदेखि मौसममा सुधार आउने र देशभरि भोलिदेखि मात्रै मौसम सफा हुने जनाएको छ ।

महाशाखाका मौसमविद् वरुण पौडेलले पश्चिमी वायुको प्रभावसँगै काठमाडौंको आकाशमा बादल लागेकोले उपत्यकाको प्रदुषित वायु बाहिर निस्किन नपाउँदा झन् झन् थपिँदै गएर कुहिरो बनेको बताए । उनकाअनुसार माथिबाट बादलले छोपेपछि यहाँको प्रदुषण हावा, पानी र खुला आकाशको अभावमा बाहिर निस्किन सकेको छैन ।

यो क्रम आजसम्म जारि रहने भएकोले त्यसपछि मात्रै काठमाडौंको प्रदूषण घट्दै जाने उनको भनाइ छ । यसैबीच सरकारले कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका बेला जाडोमा जनस्वास्थ्यमा पुग्ने असर थप जटिल हुने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : बुधबार, पुष २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij