आफुलाई ‘भगवानको दुत बताउने माता’ले गरिन् आफ्नै भक्तजनलाई खुकुरी प्रहार

आफुलाई ‘भगवानको दुत बताउने माता’ले गरिन् आफ्नै भक्तजनलाई खुकुरी प्रहार

बुटवल । महिला हिंसाको १६ दिने अभियान चलिरहेका बेला मंसिर १९ गते रूपन्देहीमा एउटा फरक किसिमको महिला हिंसा भएको छ । केही समय पहिला आफूलाई माता बताउँदै आश्चर्यजनक क्रियाकलाप गर्ने विष्णु कुँवरले हातपात गरेको खुलासा भएको छ ।

रजश्वला भएको समयमा अत्याधिक पीडा भई झारफुक गर्न पुगेका आमाछोरीमाथि कुँवरले हातपात गरेकी हुन् । कालिकानगर लखनपथ बस्ने कुँवरको घरमा पुगेका बुटवल ११ की विष्णु थापा र उनकी आमा झविमाया श्रीसमाथि धारिलो हतियार प्रहार गरेकी हुन् ।

यसरी भएको थियो घटना
बुटवल ११ मजुवा निवासी २७ वर्षीया विष्णु थापा महिनाबारी भएको दोस्रो दिनमा अत्याधिक पीडाका कारणले आत्तिइरहेकी थिइन् । उनी बजार गएर घर फर्कदा डुलुवा लागेको आशंका गर्दै परिवारले घरमै जडीबुटी खुवाए । तर उनलाई निको भएन । त्यसपछि विष्णुको साथीको दाइले विष्णु कुँवर माताले निको पार्छिन् त्यहीँ लैजानुस् भन्ने सुझाव दिए ।

रातिको करिब ९ बजेको थियो । विष्णु र उनकी आमा झविमाया श्रीस माता कुँवरको घर कालिकानगर लखनपथमा पुगे । माताले आमाछोरीलाई पूजा कोठामा लगिन् । त्यहाँ गएर आमाछोरी बसे ।

के भयो नसोधी आफूसँग भएको खुकुरी निकालेर विष्णुको ढाडमा हान्न थालिन् । उनले केही नबोली हानिरहेकी थिइन् । करिब १० मिनेटसम्म लगातार खुकुरीले शरिरमा हानिरहेको देख्दा विष्णुको आमाले सहन नसकी किन हान्नुभएको भन्दै प्रश्न गरिन् । प्रश्न गर्नासाथ रिसाउँदै कुँवरले ‘बढि जान्ने हुन्छांै’ भन्दै विष्णुको अगाडिको दाँतमा खुकुरीले हानिन् । आमाको हातमा पनि हानिन् ।

अहिले विष्णुको अगाडिको दाँतहरू हल्लिरहेकोले तार बानिएको छ र आमाको हातमा ४ वटा टाँका लगाइएको छ ।डराइरहेका उनीहरूले छिमेकीलाई प्रहरी बोलाइदिन आग्रह गरे । छिमेकीले प्रहरीलाई बोलाए । केही समयपश्चात माता बताउने कुँवरलाई रामनगर वडा प्रहरी कार्यालयमा लगियो ।

प्रहरी हिरासतमै एकरात बसेपछि प्रहरीले पीडित पक्षलाई बोलायो । तर प्रहरीले माताले धेरैलाई सञ्चो बनाएको र माताको विरुद्वमा दिइएको उजुरी फिर्ता लिन दबाव दियो ।

उपचार खर्च माता कुँवरले दिने शर्तमा जबरजस्ती कागज गराएको पीडित विष्णुकी आमा श्रीसले बताइन् । उनीहरूको ३६ हजार बराबरको उपचार खर्च भइसकेको र अझै उपचार बाँकी रहेको आमा श्रीसले बताइन् । त्यहाँ बसेका प्रहरीहरूले नै मातालाई उजुरी दिन हुँदैन भनेर जबरजस्ती ल्याप्चे लगाउन बाध्य पारिएको उनको गुनासो छ ।

वडा कार्यालयलमा न्याय नपाएपछि पीडित आमाछोरी इलाका प्रहरी कार्यालय बुटवल पुगे । इलाका प्रहरी कार्यालयमा आएपश्चात पीडित आमाछोरी इप्रकाका डिएसपी डिल बहादुर मल्ललाई भेटे । उनले वडामा गएको तर न्याय नपाएको गुनासो गर्दै न्यायको अपेक्षाले आएको बताए ।

उता माता भनिने कुँवर पनि आफू माथि अन्याय भएको बताउँदै इप्रका आइन् । उनले आफूले हातपात नगरेको भनेर नभनेपनि आफूमाथि अन्याय भएको बारम्बार भन्दै आएको प्रहरीले जनाएको छ ।

यता डिएसपी मल्लले भने प्रहरीले कसैलाई जबरजस्ती नगरेको स्पष्टीकरण दिए । वडामा मिलिमतो गरेर इप्रकामा आउनु त्यत्ति स्वभाविक नभएको मल्लको भनाइ छ । तर पीडित आमाछोरीले सार्वजनिक मुद्दा चलाइदिन आग्रह गरेपनि मल्लले महिलाको घटना भएकोले मेलमिलाप उत्कृष्ट माध्यम भएको बताए ।

वडामा मेलमिलाप भएपश्चात माता कुँवर गुल्मी गएको र उनी गुल्मीबाट आएपश्चात मुद्दाको वि षयमा छलफल गरिने प्रहरीले जनाएको छ ।

यता पिडित आमाछोरीको सहयोग गर्ने आदिवासी जनजाति बुटवल नगरसभापति पुनम राजाली मगरले दैवी शक्तिको बाहानामा हातपात गर्न नमिल्ने बताइन् ।

उनले वडा प्रहरी कार्यालय रामनगरका एक प्रहरी इन्सपेक्टरले दैवी शक्तिलाई केही गर्न नमिल्ने र आफ्नो परिवारलाई समेत निको बनाएको बताएको जानकारी दिइन् । उनले प्रहरी इन्सपेक्टरलाई उदृत गर्दै भनिन्–‘तपाईले २५ वर्षसम्म पनि यसको फैसला पाउनु हुन्न्, त्यसैले मिलिमतो गर्नुस् ।’

प्रकाशित मिति : मंगलबार, मंसिर २५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij