बिहार विधानसभा तनावग्रस्त, सांसदमाथि लात्ती र मुक्का प्रहार

बिहार विधानसभा तनावग्रस्त, सांसदमाथि लात्ती र मुक्का प्रहार

काठमाडौं – भारतको बिहार प्रदेशको विधानसभा बैठक तनावग्रस्त बनेको छ । सरकारले ल्याउन लागेको नयाँ प्रहरी विधेयकको विरोधमा विपक्षी दलका सांसदले चर्को विरोध गर्दा विधानसभा बैठक तनावग्रस्त बनेको हो ।

नाराबाजी गर्दै सभामुखको कुर्सीसम्म पुगेका विपक्षी सांसदले विधेयकको प्रतिलिपि खोसेर च्यातिदिएका थिए । त्यसपछि संसदभित्र प्रहरी बोलाइएको थियो । संसदमा प्रवेश गरेका प्रहरीले सांसदमाथि कुटपिट सुरु गरेका थिए ।

एक भिडियोमा देखीए अनुसार सदनभित्र प्रवेश गरेको प्रहरीले विधायकहरुलाई लात्ती र मुक्का प्रहार गरिरहेको देखिन्छ । उक्त घटनामा दुई महिलासहित १२ सांसद घाइते भएको भारतिय संचार माध्यमले जनाएका छन् । केही प्रहरी र सञ्चारकर्मी पनि घाइते भएको बताइएको छ ।

पछिल्लो केही दिनयता बिहारको विधानसभामा सत्तापक्ष र विपक्षबीच बिहार विशेष सशस्त्र प्रहरी विधेयक २०२१ को विषयमा विवाद हुँदै आएको थियो । यद्यपि उक्त विधेयक मंगलबार ठूलो विरोधका बीच विधानसभाबाट पारित भएको छ ।

विपक्षीले यो विधेयक पारित भएसँगै प्रहरीले अदालतको वारेन्ट विना नै शंकाको आधारमा जो कोहीलाई पक्राउ गरेर जेल हाल्न सक्ने अधिकार पाउने बताएका छन् । सत्ता पक्षले भने यो नियम सामान्य प्रहरीको लागि नभई विशेष सशस्त्र प्रहरीको लागि ल्याइएको भन्दै बचाउ गर्दै आएको छ ।

प्रकाशित मिति : बुधबार, चैत्र ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij