काठमाण्डाै – भारतमा आजदेखि कोरोनाविरुद्धको तेस्रो चरणको खोप अभियान सुरु हुँदैछ ।
यो चरणमा ४५ वर्षभन्दा माथिका सबैलाई खोप दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा ४५ वर्षमाथिका ३४ करोड नागरिक रहेका अनुमान छ ।
यसमध्ये गम्भीर बिरामी र दीर्घरोगीलाई यो चरणमा खोप लगाउन प्राथमिकतामा राखिएको छ । भारत सरकारले कोरोना सङ्क्रमणको जोखिम उच्च भएका क्षेत्रमा सबै जनालाई खोप लगाउन भनेको छ । भारतमा गएको २४ घण्टामा कोरोनाका कारण थप ४ सय ५७ जनाको ज्यान गएको छ ।
यो सङ्ख्या वर्षको दैनिक आँकडाभन्दा सबैभन्दा धेरै हो । भारतमा अहिलेसम्म एक करोड २२ लाख भन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको छ भने एक लाख ६२ हजारभन्दा धेरैको ज्यान गएको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्