काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूहको कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुर-राजेन्द्र महतोलगायतका नेताहरूमाथि कारवाही थालेको छ ।
शनिबार अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकबाट पार्टी निर्णय विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउन लागिपरेको भन्दै ठाकुर समूहका सांसददेखि नेताहरूलाई कारवाही गर्ने उद्देश्यले स्पष्टीकरण सोध्ने निर्णय भएको कार्यकारिणी सदस्य रेणु यादवले बताइन् ।
यादवको बहुमत केन्द्रीय कार्यसमितिको बैठकले अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई विधान अनुसार कारबाही प्रक्रिया थाल्ने निर्णय गरेको हो ।
जसपामा ठाकुर र यादव अध्यक्ष रहेका छन् भने डा बाबुराम भट्टराई संघीय परिषद् अध्यक्ष रहेका छन् । जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय रहेको छ ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्