लुम्बिनीको विपक्षी गठबन्धनद्धारा मुख्यमन्त्री नियुक्तिबारे कागजात माग

लुम्बिनीको विपक्षी गठबन्धनद्धारा मुख्यमन्त्री नियुक्तिबारे कागजात माग

बुटवल ।

लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिदेखि प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसम्मका कागजपत्रहरु माग गरेको छ ।

मुख्यमन्त्री पोखरेलको नियुक्तिलाई असंवैधानिक बताउँदै सर्वोच्च अदालत जाने बताएको गठबन्धनले कागजात नपाएपछि लिखित रुपमा कागजात माग गरेको हो ।

गठबन्धनले सोमबार नेपालको संविधानको धारा र सूचनाको हक सम्बन्धी २०६४ दफा ३ वमोजिम प्रदेश प्रमुखको कार्यालयमा लिखित पत्रमार्फत कागजात मागेको छ ।

नेपाली कांग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्री, माओवादी सचेतक पार्वती पुन, जसपा सचेतक पुर्मति ढेंगा र राजमोका सांसद तारा जिसीले प्रदेश प्रमुखको कार्यालयमा पुगेर कागजपत्र मागको निवेदन दर्ता गराएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले एमाले छोडेकी विमला कुमारी खत्रीको किर्ते हस्ताक्षर बुझाएको र उपसभामुख कृष्णी थारुले सरकार बनाउन र ढलाउन हस्ताक्षर गर्न नपाउने कानुनी बाध्यता रहेको भन्दै त्यसविरुद्ध कानुनी उपचारमा जाने गठबन्धको तयारी छ ।

यस्तै, नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गरियोस् भन्ने प्रस्तावसहित हस्ताक्षर समेत मागिएको कांग्रेस सचेतक निर्मला क्षेत्रीले जानकारी दिइन् ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij