काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक आज बस्दै छ । कोरोनाबाट संकुचित सेवा विस्तारलगायतका विषयमा छलफलका लागि बैठक बस्न लागेको हो ।
निषेधाज्ञा लम्बिँदै जाँदा अदालतले सेवा प्रवाहलाई व्यवस्थित गर्नेबारे छलफलका लागि पूर्ण बैठक बस्न लागेको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिएका छन् । उनकाअनुसार छलफलमा २० न्यायाधीश सहभागी हुदैँछन् ।
’फुल कोर्ट’को बैठकमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनको विषय प्रवेश पाउने बुझिएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालत बार एशोसिशनका पदाधिकारीबीच संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन लगायतबारे भएको सहमति भएको थियो ।
संवैधानिक इजलास गठनपछि विवाद भएपछि हालै वरिष्ठतम न्यायाधीश रहनेगरि नियमावली संशोधनमा सहमति भएको थियो । उक्तसहमति अनुसार नियमावली संशोधनको प्रक्रिया फूल कोर्टबाट अघि बढ्नेछ ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्